सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ फागुन ।
एकीकृत नेकपा माओवादी सुर्खेतको जिल्ला सम्मेलन आगामी वैशाखमा हुने भएको छ । जिल्ला सम्मेलन आयोजक समितिले विहीवार पत्रकार सम्मेलन गरि आगामी वैशाखको ९ र १० गते जिल्ला सम्मेलन गर्ने जनाएको हो ।
पार्टीको फागुन ६ र ७ गते सम्मेलन आयोजक समितिको वैठक वसी वैशाखमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । पार्टीका सुर्खेत संयोजक नरबहादुर विष्टले आगामी चैत १० गतेसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, चैत मसान्तसम्म गाउँ सम्मेलन गर्ने, पार्टी पुन: निमार्ण का लागि आन्दोलनको रुपमा अगाडि वढाउनेलगायतका निर्णयहरु
जानकारी दिए ।
यसैगरी सम्मेलनको कामलाई व्यवस्थित गर्न विभागीय जिम्मेवारी बाँडफाँड गरिनुका साथै जनवर्गीय संगठन, मोर्चाका बैठक भेला तथा प्रशिक्षण सम्पन्न गर्ने, निर्णयपनि गरिएको छ । यस्तै राजनीतिक प्रतिवेदन तयार र आर्थिकको जिम्मेवारी नरबहादुर विष्ट, संगठन विस्तार कृष्णबहादुर जिसी, प्रचार प्रसार गणेश भण्डारीलाई जिम्मेवारी दिइएको छभने मेहेलकुना गाउँ कमिटीका पूर्व अध्यक्ष वासुदेव शर्मालगायतले पार्टी विरोधी काम गरेकाले सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजनाका
वारेमा बोल्दै संयोजक विष्टले आयोजना नेपाल र नेपालीको हितमा भएकाले काम गर्न दिनुपर्ने पार्टीको धारणा रहेको बताए । जीएमआर कम्पनी र नेपाल सरकारवीच भएका सम्झौताहरु केही परिमार्जन गरेर काम सम्पन्न गर्न दिनुपर्छ भन्ने वारेमा पार्टीमा छलफल भएको उनको भनाइ छ । पार्टीको बैठक संयोजक नरबहादुर विष्टको अध्यक्षता र केन्द्रीय सदस्य एवं भेरी कर्णाली राज्य समन्वय समितिका इन्चार्ज कालीबहादुर मल्लको प्रमुख आतिथ्यतामा भएको पार्टीद्वारा वितरित विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा संयोजक विष्टका साथै नेताहरु भीमबहादुर मल्ल, कृष्ण जिसी, जीतबहादुर राना, गणेश भण्डारीलगायतको उपस्थिति थियो ।

No comments:
Post a Comment