पाइप बम विस्फोट हुँदा ६ घाइते

सुर्खेतपत्र संवाददाता 
जाजरकोट, ८ फागुन ।
    जाजरकोट दसेरा– ३ तल्लोगाउँमा बिहीबार भएको बम विस्फोट भएर ६ जना गम्भीर घाइते भएका छन् ।  स्थानीय जोखे थापाले जंगलमा भेटाएको पाइपको टुक्रालाई पिटेर ओदान बनाउन लाग्दा विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट ५२ वर्षीय कमारो चँदारा, ३५ वर्षीय जोखे थापा, ३५ वर्षीय भक्तबहादुर नेपाली, ३५ वर्षीय मनबहादुर थापा, १५ वर्षीय नैनबहादुर नेपाली र ३३ वर्षीय नरसिंह थापा घाइते भएका हुन् । वम बम द्वन्द्वकालमा राखिएको हुनसक्ने अनुमान गरिएको छ । 
 

No comments:

Post a Comment