सुर्खेतपत्र संवाददाता
बाजुरा, ८ फागुन ।
एकाबिहानै एक अधबैंसे पुरुष चिच्याएर कराउँछन् ‘डाँडा खलामा खेडियौ हो आज हाम्रो गाउँको सरसफाईका बारेमा बसनी गर्नुपर्ने छ हो....’ यो आवाज सुनेको केही समयपछि गाउँको नजिकै रहेको एक मैदानमा गाउँलेहरू जम्मा हुन्छन् । यो परम्परालाई यहाँ कटुवाले प्रथा भन्ने चलन छ । यो प्रथा बाजुरा जिल्लाका अधिकांश गाविसमा छ । त्यसैमध्येको बाँधु गाविस–२ र ३ को धिम गाउँमा यसलाई जोगाएर राखिएको छ । पुर्खाहरूले जतिबेला सञ्चारको असुविधा थियो ।
हुलाक सेवा सुरु नहुनुभन्दा अगावै यो कार्य एक गाउँको खबर अर्को गाउँमा पुर्याउनका लागि गरिन्थ्यो । कटुवालेहरूले दमाया बजाएर, ढोल पिटेर र अरू कुनै आवाज आउने सामानको प्रयोग गरेर गाउा समाज लाई खबर पुर्याउने काम गरिन्थ्यो । बाँधु–३ का ३८ वर्षीय मंगल सार्कीले उनका बाबु बाजेदेखि सम्हाल्दै आएको कटुवाली समालिरहेका छन् ।
सार्की भन्छन्, ‘मेरा बुबा महादेव सार्कीको पालामा पनि यो काम गरिन्थ्यो कहिलेकाहीं बुबा बुढा भएका कारण गाउँ फेर्ने नसकेको बेला म आफैं गएर सघाउँथे । अहिले बुबाको निधन भइसकेपछि मेरै जिम्मा आएको छ । म कटुवाली समालिरहेको छु ।’ तत्कालीन जुम्ला राज्यको अधीनमा रहेको बाजुरा जिल्लाको उत्तरी ११ गाविसमा तिरो संकलन गर्नका लागि त्यहाँका कोही जानमान आएको खबर दिनका लागि, उनलाई खाना खुवानको सल्लाहका लागि, खेतमा पानी लगाउनका लागि यो प्रथाको आवश्यकता थियो । त्यसबेलादेखि नै यो चलन कायम रहेको कुरा स्थानीय वासी सम्पत्ति सार्कीले जानकारी दिए ।
पछिल्लो समय गोर्खा राज्यले जुम्ला राज्यलाई आफ्नो राज्यमा मिलाएपछि उनीहरूको सेवाका लागि कटुवालेको प्रयोग हुन्थ्यो । उनीहरूको घोडाको व्यवस्थापन, भारेको व्यवस्थापन, खाना को पालो लगाउनका लागि प्रयोग भएको कुरा स्थानीय गोर्खे सार्कीले जानकारी दिए । अहिले हातहातमा मोबाइल छन्, हुलाक छ, सहरतिर इमेल इन्टरनेट छ भन्छन् तर मैले गरेको काम यहाँका गाउँलेका लागि सहायता बनेको अनुभव मंगल सार्कीले जानकारी दिए ।
सार्कीले भने, ‘अहिले मेरो काम केही घटेको छ । अहिले म सिंचाइ गर्ने कुला बाँड्नका लागि, विवाहमा निमन्त्रणाका लागि, गाउँमा हुने सार्वजनिक काममा बोलाउनका लागि र अहिले गाउँमा सरसफाई अभियान चलेको छ । यसमा सबैभन्दा बढी काम हुने गरेको छ । चर्पी बनाउन प्रेरित हप्ताहप्तामा बैठक बसाल्नुपर्छ ।’ बाँधु गाविस खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका उपाध्यक्ष मनबहादुर भण्डारीले भने, ‘हप्ताको हप्ता गाउँमा चिठ्ठी काट्न गाह्रो हुने थियो । अनि कसैलाई पत्र पुगेन भने आउँदैनन् । ‘यी कटुवाले भएपछि आनन्द सबैले सुन्ने गरी गाउँभरी डाको हालेर मान्छे बोलाई दिन्छन् । समुदायको बैठक पनि बस्छ । चर्पी पनि धमाधन बने गाविस पूरै खुला दिसामुक्त घोषणाको तयारीमा छौं ।’
बोलाएको ठाउँमा नआउनेलाई समाजले केही दण्डसमेत गर्ने गरेको हुँदा आफू र समाजलाई सजिलो भएको सार्कीको भनाइ छ । यसो गरेबापत उनले वर्षभरीको खेतीबाट गाउँलेले अन्नपात दिने गरेका
छन् । परम्परागत पेशाले गाउँ र समाजमा सकारात्मक कुरा पनि सिकाउने र काम गर्न सजिलो हुने हँुदा यस्ता राम्रा कुराको सही सदुपयोग गर्नुका लागि सबैलाई सार्कीले अनुरोध गरेका छन् ।

No comments:
Post a Comment