सुर्खेतपत्र संवाददाता
सुर्खेत, ८ फागुन ।
विहीवार सुर्खेतमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना राउटे छन्भने अर्का एकजना मानसिक सन्तुलन गुमाएकी महिला छन् ।
नेपालगञ्जबाट दैलेख जाँदै गरेको ना ४ ख ९२४९ नमबरको यात्रुवाहक वसले सुर्खेतको गढी–३ छेडामा पैदल यात्रा हिंडिरहेका ३० वर्षीय राउटे सुरेन्द्र शाहीको मृत्यु भएको छ ।
वसको ठक्करवाट घाइते भएका शाहीको केही समयपछि घटनास्थलमै मृत्यृ भएको हो । राउटेलाइ ठक्कर दिएपछि भागेको बस र चालकलाई प्रहरीले रानीमत्तावाट नियन्त्रणमा लिएको छ । उक्त घटनापछि केहीवेर सडक अबरुद्ध गरेका स्थानीय नागरिक र राउटेहरुले उचित राहत दिने सहमति भए पछि बाटो खुलेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण शाहीले जनाए ।
यसैगरी विहीवार विहान गोदाम लाइनमा मानसिक सन्तुलन गुमाएकी एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको छ । ना ४ ख ९८६७ नम्बरको ट्रकले उनलाई ठक्कर दिएर गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँमा लैजादै गर्दा वाटामै मृत्यृ भएको प्रहरीले जनाएको छ । ती महिलाको नाम खुल्न सकेको छैन ।

No comments:
Post a Comment