एवीसीलाई लखन थापा कप

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    सुर्खेतमा संचालित सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिताको उपाधि आयोजक एवीसी स्पोर्टस् क्लबले जितेको छ । बुधवार भएको फाइनल खेलमा एवीसीले उपत्यकाबाहिरको एक मात्र सहभागी क्लब लखन युवा क्लब कुनाथरीलाई १ का विरुद्ध २ गोल गर्दै उपाधि जितेको हो ।
    एवीसीलाई जिताउन क्याप्टेन खगेन्द्र खत्री र रोशन शाहीले १/१ गोल गरे । डिबक्सभित्र लखन युवका क्लबका स्ट्राइकर चक्र डम्मरपाललाई एवीसीका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा लखन युवा क्लबले एक गोल फर्काए पनि पाएका अन्य केही अवसर सदुपयोग गर्न नसक्दा दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भयो ।
 

No comments:

Post a Comment