सुर्खेतपत्र संवाददाता
कञ्चनपुर, ७ फागुन ।
कञ्चनपुरको भीमदक्त नगर पालिकाको मझगाउँमा रहेको छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी बालिका आर्थिक अभावका कारण अप्ठेरोमा परेका छन् ।
आर्थिक अभावका कारण बालिकाहरूले न्यानो कपडा खरिद गर्न नसक्दा विद्यालय समय पछिसमेत विद्यालयकै पोसाक लगाउन बाध्य भएका छन् । पुराना कपडाले जाडो छल्न अप्ठेरो हुने गरेको उल्लेख गर्दै कृष्णा चौधरीले भनिन्, ‘नयाँ कपडा खरिद गर्न खर्च छैन ।’
मझगाउँस्थित पूर्ण उच्चमाध्यमिक विद्यालयको आवासीय छात्रावासमा ४४ मुक्त कमलरी छात्रा अध्ययनरत रहेका छन् । दुई वर्षदेखि छात्रावासमा बस्दै आएका बालिका कक्षा ४ देखि ११ सम्ममा अध्ययनरत रहेका छन् । छात्रावास बसेकामध्ये १३ मुक्त कमलरी बालिका अनाथ छन् । मालिकको घरबाट छुटेर आएका उनीहरूलाई आफ्नो घर कहाा हो ? भन्नेसमेत थाहा छैन । अरूको तुलनामा अनाथ छात्रालाई लत्ता कपडा किन्न समस्या हुने गरेको अनिता चौधरीले बताए ।
शिक्षा कार्यालयले आवासीय छात्रावासका लागि मासिक तीन हजार रकम विद्यालयलाई प्रदान गर्ने गरेको छ । दस महिनासम्म जाने यो रकमबाट छात्राहरूले मासिक रु. ५०० पाकेट खर्च मात्रै पाउने गर्दछन् । सो रकमले कपडा धुने, नुहाउने साबुन र तेल खरिद गर्न नै पुग्दैन चौधरीले भनिन्, ‘बाँकी २ हजार ५०० खाना खर्चका लागि जिल्ला शिक्षा कार्यालयले प्रदान गर्दै आएको छ ।’
शिक्षा कार्यालयका उपसचिव पदमराज भट्टले निर्देशिकामा उल्लेख गरेबमोजिमको रकम छात्रावासमा जाने गरेको बताए । यसभन्दा बढी रकमको व्यवस्था गर्न कार्यालयसंग रकम नहुने गरेको उनको भनाइ छ ।
छात्रावास बाहिरका मुक्त कमलरी विद्यार्थीलाई कक्षा १ देखि ५ सम्म रु. १ हजार, कक्षा ५ देखि ८ सम्म रु. १ हजार ५००, ९ देखि १० सम्म रु. १ हजार ८०० र उच्चमाध्यमिक तहमा रु. ५ हजारका दरले शिक्षा कार्यालयले मासिक छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।
मझगाउँमा संचालित छात्रावास दुई वर्षअघि लक्ष्मीपुर र श्रीपुरबाट मुक्त कमलरी बालिकालाई स्थानान्तरण गरी यहाँ पुनस्र्थापना गरिएको हो । विसं २०६४ देखि मुक्त कमलरी बालिकाहरू विद्यालयको छात्रावासमा बसेर पढ्दै आएका हुन् ।

No comments:
Post a Comment