सुर्खेतबाट रेज मोबाइलको विस्तार

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    केन्ट मल्टिट्ेरडले सुर्खेतबाट रेज मोबाइलको विक्री विस्तार सुरु गरेको छ । भारतीय कम्पनीको उक्त मोबाइललाई सुर्खेतमा बुधवारदेखि लञ्च गरिएको छ । केन्ट मल्टिट्रेडका निर्देशक पोषण खरेलले ५ किसिमका उक्त मोबाइलहरु सुर्खेतबाट विस्तार सुरु गरिएको जानकारी दिए । उनले सस्तोमा राम्रो र गुणस्तरीय मोबाइल चाहने उपभोक्तालाई लक्षित गरी ल्याइएको मोबाइलको मूल्य १६ सयदेखि ३६ सयसम्म तोकिएको जानकारी दिए । उक्त मोबाइलको व्याट्रीलगायत अन्य सामानहरु बलियो, गुणस्तरयुक्त भएको दावी गर्दै उनले बजारमा उक्त मोबाइलको राम्रो प्रतिक्रिया आएको जनाए ।  सुर्खेतका लागि आधिकारिक विक्रेता देउती कम्युनिकेशनका संचालक रोशन चपाईंले यस मोबाइलप्रति कुनै गुनासो नआएको स्पष्ट पारे । कम्पनीले नानो प्लस, ड्युक, सिल्क, स्ट्रोम र डेनिम मोडलका मोबाइल ल्याएको हो ।
 
 

No comments:

Post a Comment