सुर्खेतपत्र संवाददाता
सुर्खेत, ७ फागुन ।
नेपाल इन्भेष्टमेन्ट बैंक सुर्खेतले बुधवारदेखि छिन्चुबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सामान्य कारोवारका लागि छिन्चुवाटै वचत गर्न तथा निक्षेपका लागि सहज सेवा पुर्याउन बैंकले सो सेवा सुरु गरेको हो । बैंकका सुर्खेत शाखा प्रवन्धक कृष्णराज जोशीले छोटो समयमा धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न र सानो काम गर्नेहरुलाई बजार धाउनुपर्ने बाध्यतालाई कम गर्नका लागि छिन्चुवाट सेवा सुरु गरिएको जानकारी दिए । उनका अनुसार छिन्चुमै एजेन्ट राखेर बचत तथा निक्षेपको कामहरु गरिनेछ ।
केन्द्रबाट ५० हजारसम्म बचत तथा निक्षेप निकाल्न सकिने र १ लाखसम्म एउटा खातावाट अर्को खातामा ट्रान्सफर गर्न मिल्ने प्रबन्धक जोशीले जनाए । नेपालभरी भएको बैंकिङ मोवाइल सेवा मध्ये छिन्चु १० औं नम्बरमा पर्छ । सुर्खेत शाखाले छिन्चुमा पहिलो मोवाइल बैंकिङ सेवा सुरु गरेको हो ।
छिन्चु शाखा केन्द्रका एजेन्ट सुन्दर रोकायले पहिलो चरणमा ५० जना बढी ग्राहक बनिसकेको जानकारी दिए । उनले छिन्चुमा बैंक सेवा आवश्यक भएकाले शाखाको सेवाका लागि पहल गरिएको जनाएका छन् । उद्योग वाणिज्य संघको उपशाखा छिन्चुका अध्यक्ष गोरख खत्रीले छिन्चुमा बैंकको सेवा धेरै आवश्यक रहेको बताए । उनले सानो रकम कारोवारका लागि पनि वीरेन्द्रनगर जानुपर्ने छिन्चुबासीको समस्या अब कम भएर जाने उनले जनाए । नेपाल इन्भेष्टमेन्ट बैंकले पस मसान्तसम्म नेपालभर ७१ अर्व ९९ करोड निक्षेप संकलन, ५२ अर्व २५ करोड कर्जा प्रवाह गरेकोपनि वैंकले जानकारी दिएको छ ।

No comments:
Post a Comment