जनजाति समन्वय समितिको वडा नं. ८ मा सोमै

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद वीरेन्द्रनगर–८ इत्रामको अध्यक्षमा थमानसिं सोमैमगर चयन भएका छन् । वुधवार भएको परिषदको प्रथम साधारण सभाले सोमैको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति चयन गरेको हो ।
    समितिको उपाध्यक्षमा प्रीतिमा आले मगर, सचिवमा दिपा गाहामगर, कोषाध्यक्षमा डिला थापामगर चयन भएका छन । यस्तै सदस्यहरुमा तेजवीर सारु, पृतमा ठाडा, धनसरी दर्लामी, हिरा श्रेष्ठ, निर्मला गाहामगर, मनिसरा थापा, रनसरा ठाडा र छविलाल ठाडा चयन भएका छन् ।
    साधारण सभाले सल्लाहकार समितिमा प्रेम घले, सुन्दरमान श्रेष्ठ, फत्तेबहादुर सोती मगर, सरस्वती सोती मगर, कृष्ण तारुङमगर र कूलबहादुर ठाडा मगरलाइ चयन गरेको छ ।
यसैगरी टोपबहादुर दर्लामी मगरको संयोजकत्वमा तेजराम सोती र गीता कालुङ मगरलाई अनुगमन समितिमा राखिएको छ ।
    साधारण सभामा आदिवासी जनजाति नगर समन्वय समितिका अध्यक्ष कर्णबहादुर राना मगर र आदिवासी जनजाति महासघं सुर्खेतका अध्यक्ष मोहन गुरुङ, समाजसेवी प्रेम घले, सुन्दरमान श्रेष्ठ लगायतले आ–आफनो भनाइ राखेका थिए ।
 
 

No comments:

Post a Comment