पुनरावेदन वारमा बस्नेत

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ७ फागुन ।
    पुनरावेदन वार एशोसियशन सुर्खेतको आठौं बार्षिक साधारण सभाले अधिवक्ता विवशकुमार बस्नेतलाई अध्यक्षमा चयन गरेको छ । बुधवार भएको कार्यक्रममा बस्नेतको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
    समितिमा उपाध्यक्ष अभिवक्ता काशीनाथ योगी, सचिव अधिवक्ता उत्तमप्रसाद आचार्य, कोषाध्यक्ष अधिवक्ता लोकबहादुर ढकाल र सदस्यहरुमा अधिवक्ता खेमराज तिवारी जैसी, नारायणप्रसाद कँडेल र अभिवक्ता राजेन्द्रकुमार गिरी रहेका छन् । ध्रुवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर थिए ।
 

No comments:

Post a Comment