रासस
मुगु, ७ फागुन ।
जिल्लाको उत्तरी सोरु भेकमा पर्ने जनज्योति उच्च माध्यमिक विद्यालय नार्थपुले आर्थिक वर्ष २०६९/७० मा विद्यालयमा अध्ययनरत् छात्रा तथा दलित विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति २०६९ मा संचालित एसएलसी परीक्षाको व्यवस्थापनका नाममा खर्च गरेको पाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जनकबहादुर शाही र प्रधानाध्यापक सुभाषचन्द्र मिश्रको मिलेमतोमा विद्यालयमा अध्ययनरत प्राथमिकदेखि माध्यमिक तहसम्म अध्ययनरत छात्रा तथा दलित विद्यार्थीले पाउनुपर्ने रु. १ लाख ६४ हजार ३०० र दिवा खाजाको रु. १ लाख १५ हजार गरी रु. २ लाख ८ हजार गएको वर्षको एसएलसी परीक्षा संचालन गर्दा परीक्षामा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा अन्य निरीक्षकहरूका लागि खर्च गरेको पाइएको छ ।
प्राथमिक तहतर्फ दलित विद्यार्थीको छात्रवृत्ति रु. २२ हजार ४ सय, छात्रा छात्रवृत्ति रु. १ लाख ११ हजार ४ सय ७० तथा माध्यमिक तहतर्फ दलित विद्यार्थी छात्रवृत्ति रु. १० हजार र छात्रा छात्रवृत्ति रु. २० हजार ४०० हिनामिना भएको छ ।
वि.सं. २०६९ चैत २२ गते नरजंग शाहीका नाममा चेक नम्बर ०७१७०९८ बाट रु. १ लाख ५० हजार, २२ गते नै चेक नम्बर ०१७१७०८३ बाट रु. ५० हजार र २०७० वैशाख १७ गते प्रेम मल्लका नाममा चेक नम्बर ०७१७०८५ बाट रु. ८० हजार रकम झिकिएको छ । विद्यालयले प्राथमिक तहका विद्यार्थीलाई सरकारले प्रदान गर्ने दिवा खाजाको रकम समेत हिनामिना गरेको पाइएको छ । आर्थिक वर्ष २०६९/०७० मा विद्यालयमा गएको दिवा खाजाका लागि आएको रु. ४ लाख २९ हजार ६०० समेत हिनामिना गरिएको छ ।
प्रधानाध्यापक मिश्रले आफू बिरामी भइ उपचार गर्न गएका बेला समितिले बैंक खाता बदलेर रकम झिकेको बताएका छन् । उनले रकम असुलीको प्रक्रिया अघि बढिरहेकाले हिनामिना भएको छात्रवृत्तिको रकम फिर्ता हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष मञ्जन शाहीले यो विषयमा जिल्ला प्रशासन कार्यालय मुगुमार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परे पनि सुनुवाइ नभएको गुनासो राखे । उनी भन्छन्, ‘अब समितिले जसरी पनि हिनामिना गरिएको रकम असुल गर्छ ।’
विद्यालयमा भएको आर्थिक अनियमितताका विषयमा जिल्ला प्रशासन कार्यालय मुगुमा २०६९ चैत १५ गते उजुरी परेपनि त्यसको कुनै प्रतिक्रिया नआएको स्थानीयवासीले बताएका छन् । नार्थपु उच्च माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितताका विषयमा स्थानीय वासीले जिल्ला शिक्षा कार्यालय मुगुमा धर्नासमेत दिएका थिए तर कार्यालयले थामथुम पारेर फिर्ता पठाएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले बताएका छन् ।
यो विषयलाई राजनीतिक दलहरूले पनि पक्ष र विपक्ष भएर लाग्दा उपलब्धी परिणाममुखी हुन नसकेको स्थानीयवासीको आरोप छ ।

No comments:
Post a Comment