सुर्खेतपत्र संवाददाता
काठमाडौं, ८ फागुन ।
एमाले उपाध्यक्ष वामदेव गौतमलाई गृहमन्त्री बन्न नदिने खेलमा बरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय रहेको चर्चा एमालेवृत्तमा भुसको आगोजस्तै फैलन थालेको छ । एमालेको ओली पक्षले गरेको दाबीअनुसार ओलीलाई संसदीय दलको नेता बन्न नदिने प्रयास असफल भएपछि माधव नेपालले वामदेवलाई गृहमन्त्री बन्नबाट रोक्ने अभियान थालेका छन् ।
‘ओली र गौतमको गठबन्धन केही हप्तामै टुट्छ’ भन्ने घोषणा गरेका नेता नेपाललाई आगामी नवौं महाधिवेशनपछि पार्टी अध्यक्ष बन्नका लागि गौतमलाई गृहमन्त्री हुनबाट रोक्न जरुरी छ,’ एमालेको मनोविज्ञान बुझेका एकजना विश्लेषक भन्छन्, ‘गौतमलाई गृहमन्त्री बन्न नदिन र ओलीसंगको गठबन्धन टुटाउन माधवले विष्णु पौडेललाई गृहमन्त्री बनाउनुपर्ने प्रस्ताव फालेका थिए, तर, त्यो कार्ड काम नलाग्ने भएपछि अहिले निर्वाचन हारेका महासचिव ईश्वर पोखरेललाई वामदेवको विकल्पमा उल्क्याउने माधव नेपालको योजना छ ।’
पौडेल र गौतमवीच फाटो ल्याउने प्रयास
एमाले सचिव विष्णु पौडेललाई भेटेर वामदेवको विकल्पमा सरकारको नेतृत्व गर्ने आश्वास दिएको माधव नेपाल पक्षले गौतम र पौडेलवीच फाटो गराइ ओली गठबन्धन भत्काउने प्रयास गरेको स्रोत बताउँछ । आफूलाई गृहमन्त्री बनाउने वार्ताको जिम्मेवारी पाएका सचिव पौडेलले भित्रीरुपमा बरिष्ठ नेता माधव नेपालसंग साँठगाँठ गरेको देखाउने नेपाल पक्षधर केही नेताले प्रयास गरेको बताइन्छ । ‘माधव नेपालका एक सहयोगीमार्फत पौडेल र नेपालवीच भित्री छलफल भइरहेको र उनीहरुकै योजनामा आफूलाई ‘सुन तस्कर’ एवं ‘भ्रष्टाचारी’ भनी प्रचार गरिएको गौतमलाई परेको छ’ एमालेका एक नेताले भने, ‘ओली पक्षका भनिएपनि पौडेलले वरिष्ठ नेता नेपालसंग मिलेर आफूविरुद्ध खेलेको गौतमले आशंका गरेका छन् । माधव नेपालनिकट स्रोतले भन्यो, ‘गौतमले यसबारे प्रमाणै फेला पारिसकेको आफ्ना निकटस्थसंग बताउने गरेका छन् ।
‘आफूलाई भ्रष्टाचारीका रुपमा प्रचार गरेर मन्त्री बन्न नदिने र पछि आफैं गृहमन्त्री बन्ने योजनामा पौडेल रहेको उपाध्यक्ष गौतमलाई एमालेका एकथरी नेताहरुले कुरा लगाएको बुझिएको छ । पौडेल भन्छन्, यस्तो सोच्नसम्म सकिादैनपार्टी सचिव विष्णु पौडेल भने वामदेवलाई गृमन्त्री बन्न नदिने भन्ने कुरा आफूले सोच्नसम्म नसक्ने बताउँछन्, ‘यो वाहियात प्रचार हो, वामदेवजी विरुद्ध म लागेको भन्ने कुरा सोच्नसम्म सकिंदैन,’ सचिव पौडेलले सक्षिप्त प्रतिक्रिया दिए ।
दोस्रो प्रयास पोखरेलतिर
विष्णु पौडेल र वामदेव गौतमवीच फाटो पार्न नसकेपछि एमाले नेता नेपालको ध्यान महासचिव ईश्वर पोखरेलतिर जान थालेको एमाले स्रोतले बतायो । ‘निर्वाचन हारेपनि पोखरेललाई गृहमन्त्री बन्नुपर्छ भन्दै माधवले लविङ थालेका छन्, एमालेका एक नेताले भने, ‘माधव नेपाल चाहन्छन्, जसरी भएपनि ओली र वामदेव पक्षको गठबन्धन टुटोस् ।’

No comments:
Post a Comment