कञ्चनपुर, ३ फागुन ।
लगनगाँठोमा कस्सिदा सुन्दर भविष्यको कल्पना गरेकी दुर्गा विकलाई त्यतिबेला छानाबाट खसेजस्तै भयो, जतिबेला बिहे भएको दुई वर्षमै श्रीमानलाई कहिल्यै निको नहुने प्राणघातक रोगले च्यापिसकेको रहेछ । कञ्चनपुरको झलारी–९ की दुर्गा विकले भनिन्, ‘श्रीमान् विरामी भएर अस्पताल भर्ना गरेर जाँच गर्दा थाहा भयो उहाँ केही वर्षदेखि एचआइभी एड्सले संक्रमित हुनुभएको रहेछ ।’ ‘सुरुमा त उहाँलाई भावी जीवनको चिन्ताले पिरल्यो तर जीवनसंग हरेस नखाई उहाँले केही गरेर देखाउने हिम्मत बढाउनुभयो ।’
भारतको गुजरात प्रान्तको सुरतमा रहेको हीरा बनाउने कम्पनीमा काम गर्ने दुर्गाका श्रीमानको कमाईले दुई वर्ष त परिवार चलाउन उनलाई कुनै समस्या परेन । दुर्गाले भनिन्, ‘बिहे भएको दुई वर्षमा छोरा जन्मियो । परिवारमा खुसियाली छायो, छोरा जन्मेको केही दिनमै श्रीमान् बिरामी भई थला पर्नुभयो ।’
‘उहाँलाई सेती अञ्चल अस्पतालमा दुई महिना उपचार गराउँदा पनि रोग निको भएन, रगत चेकजाँच गर्दा एचआइभी एड्स भइसकेको जानकारी चिकित्सकले दिए, त्यतिबेला मलाई आकाश खसेझैं भयो’ उनले भनिन्, ‘रोगको बारेमा गाउँमा थाहा भए अनेक लाञ्छना र भेद्भाव सहनुपर्ने ठानी घर परिवारका कसैलाई जानकारी दिएनौं, केही दिनमै उहाँको मृत्यु भयो ।’
उनका श्रीमानलाई भारतमै छँदा विवाहपूर्व नै एचआइभी भएको रहेछ । श्रीमानले रोग लुकाएर ढाँटेर विवाह गर्दा आज मैले सजाय भोग्नुपर्यो दुर्गाले भनिन्, ‘श्रीमानको मृत्युको पीडाले चिन्तित भएको बेला उल्टै सासु–ससुराले अनेक रोग ल्याएर मेरो छोरालाई मारिस भन्दै सधैं झैझगडा गर्न थाले ।’ श्रीमानको मृत्युपछि आफू र छोरालाई एचआइभीको संक्रमण भए नभएको बारे जाँच गराउँदा एचआइभी संक्रमण भएको रहेछ । ‘श्रीमानले गरेको गल्तीले एचआईभीको संक्रमण भएपनि हाल रोगसंग लड्दै आएका छौं’ उनले भनिन् ।
विभिन्न दातृ संस्थाको सहयोगमा दुर्गाले झलारी बजारमै सिलाइको पसल संचालन गरी छोराको विद्यालय को खर्च र आफ्नो खर्च चलाउँदै आएकीछन् । आर्थिकरुपमा आत्मनिर्भर भएकाले पहिलाको जस्तो भेद्भाव र लाञ्छनाको अवस्था अहिले नरहेको उनी बताउँछिन् । ‘सिलाइको कामबाट मासिक रुपमा रु. सात हजारदेखि रु. १० हजार आउने भएकाले कसैसंग हात थाप्नुपरेको छैन’, उनले
भनिन् । एचआइभी एड्सको क्षेत्रमा क्रियाशील संघसंस्थाले खोलेका सहयोगी समूहमा आबद्ध भएर उनले एचआईभीबारे सचेतना बाँड्ने र रोग लुकाएर बसेका महिलालाई उपचारका लागि पठाउने कार्य गर्दै आएकी
छन् । हाल उनी गाउँको सामाजिक कार्यमा समेत क्रियाशील छिन् ।
उनी जस्तै पिपलाडी–८ का ३७ वर्षीय अर्जुन नेपालीलाई भारतको मुम्बईमा गणपति उत्सव हेर्न गएका बेला साथीभाइको लहलहैमा लागेर चक्ला बजारमा रहेको बेश्यालयमा जाँदा एचआईभी एड्स बोकेर फर्कनुपर्ला भनेर सोचेका थिएनन् । उनी भन्छन् । ‘एचआईभी एड्सका बारेमा थाहै थिएन, साथीभाइको लहैलहैमा लागेर एचआइभी एड्सको संक्रमणमा परें ।’ ‘बम्बैको एक कम्पनीमा एक दिन काम गर्दागर्दै ढलेर अस्पतालमा उपचार गराउँदा एचआईभी भएको थाहा पाएँ, सानो गल्तीले यति ठूलो समस्यामा परेकोमा ठूलो पश्चाताप भयो’ उनले भने ।
प्राणघातक रोग लागेपनि बाँच्ने आशा पलायो, एचआईभीको क्षेत्रमा काम गर्ने संस्थाहरूको सम्पर्कमा पुगें र घरमा रहेकी श्रीमतीसंग सावधानी अपनाउँदै आएकाले श्रीमती र छोराछोरीहरू कसैमा पनि एचआइभी संक्रमण देखिएको छैन’, उनले भने, ‘जीवनमा केही गरुँला भन्ने सोचेको थिएँ सबै सपना चकनाचुर भयो ।’
उनका दुईजना छोराको विद्यालयको खर्च संघसंस्थाले व्यहोर्दै आएपनि उनीहरूको लालनपालन र बिहेदान कसरी गर्ने भन्ने चिन्ता उनलाई छ । एचआइभीबाट छोरी संक्रमित नभए पनि समाजमा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकाले संक्रमितको छोरी भनेर कसैले विवाह नगर्ने पो हुन् कि भन्ने चिन्ता उनले प्रकट गरे ।
एचआईभीको संक्रमणबाट बचाउन का लागि सरकारले स्वदेशमै रोजगारको व्यवस्था गरे एचआइभीको बढ्दो दरमा कमी ल्याउन सकिने उनी
बताउँछन् । दुर्गा र अर्जुनजस्तै १५ वर्षदेखि एचआइभीको संक्रमण भएर आत्मविश्वास गुमाएकाहरूका लागि भने कृष्णपुर–८ मौरीफाँटाकी ५७ वर्षीया निर्मला भट्टराई प्रेरणाकी स्रोत छिन् । उनी एचआइभी एड्सको संक्रमणमा परेपछि समाज सेवा गर्न पाउँदा गर्व महसुस गछिन् । सचेतना नारी समाजको अध्यक्ष भएर काम गर्दै आएकी भट्टराई पनि भारतमा काम गर्ने श्रीमानबाट एचआईभी संक्रमित बन्नुपरेको हो । ५ छोराछोरीकी आमा भएकी भट्टराईका कुनैपनि छोराछोरीमा एचआइभीको संक्रमण भने छैन ।
उनले भनिन्, ‘रोग लुकाएर बस्नु पर्दैन खुलेर आउनुपर्छ, पहिला मैले हिंडेको बाटोमा एचआइभी भएको भनेर धेरैले बाटो हिंड्दैनथे हाल समाज मा जनचेतना फैलाउँदै जाँदा सबैले सम्मान गर्ने गरेका छन् ।’ झन्डै दुई दर्जन संस्थामा आबद्ध उनले एचआइभी संक्रमितहरूलाई संगठित गर्ने, अधिकारका लागि पैरवी गर्ने, महिला अधिकारका बारेमा वकालत गर्ने महिलाका रुपमा आफ्नो परिचय बनाउँछिन् । नयाँ बन्ने संविधानमा एचआइभी संक्रमितका कुराहरू पनि समेट्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘स्वास्थ्य सेवा, समाजबाट बहिष्कारमा परेकाहरूको पुनस्र्थापना, बालबालिका र एकल महिलालाई बाँच्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।’
आर्थिक रुपमा विपन्न भएकै कारणले यहाँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतीय सहरमा कामका लागि जानुपर्ने र त्यहाँका बेश्यालयमा पुगेर असुरक्षित यौन सम्पर्क राख्दा एड्स बोकेर फिर्ता हुने गरेको उल्लेख गर्दै सामाजिक समता अभियानका सामाजिक कार्यकर्ता बसन्त चौधरीले भने, ‘स्वदेशमै रोजगारीका अवसर भए एचआईभीको रोकथाममा टेवा पुग्न सक्छ ।’ एचआईभीकै कारणले यहाँका एकल महिलाले सामाजिक अपहेलनाकै कारणले घर छाडेर बस्नुपरेकाले उनीहरूको बसोवासको व्यवस्था गरिनुपर्ने उनले बताए । सचेतन नारी समाजका अनुसार कञ्चनपुरमा एकल १४० महिला एचआइभी संक्रमित रहेका छन् । यहाँ एचआइभीको संक्रमणमा परेका ४०६ जनामध्ये ९० प्रतिशत व्यक्ति लामो समय प्रवासमा बसेर एचआइभीको संक्रमणमा रहेको पाइएको छ ।
जिल्ला एड्स समन्वय समितिका संयोजक अशोक पाण्डेयका अनुसार यहाँ ३० देखि ३९ वर्षका महिला पुरुषमा एचआइभीको संक्रमण बढी देखिएको छ । उनका अनुसार यौनकर्मीका ग्राहकहरू १८९, यौन पेसामा संलग्न ६, तेस्रोलिंगी एक र प्रवासीका घरमा रहेका १५८ जना गृहिणीहरू एचआइभीको संक्रमण रहेका छन् । यहाँका ४७ जना बाल बालिकासमेत एचआइभीको संक्रमणमा परेका
छन् । सन् २००५ देखि हालसम्म एचआइभी एड्सबाट १११ जनाको मृत्यु भइसकेको छ । पुरुष २१७ र महिला १८८ गरी कुल ४०६ जनामा एचआईभी एड्सको संक्रमण देखिएको छ । रासस

No comments:
Post a Comment