सुर्खेतपत्र संवाददाता
सुर्खेत, ३ फागुन ।
एवीसी स्पोट्र्स क्लवको आयोजनामा भइरहेको लखन थापा स्मृति कप फुटवल प्रतियोगिताको छैठौं संस्करणमा शनिवार दुई खेल सम्पन्न भएका छन् । जसमा लखन क्लव र चिसापानी क्लव विजयी भएका छन् ।
लखन क्लवले भैरव युवा क्लवलाई ० का विरुद्ध १ गोलले जितेको हो । लखनका लागि चक्र डम्बरपालले गोल गरेका थिए । यस्तै अर्को खेलमा चिसापानीले बाल पुस्तकालय इत्रामलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ । चिसपानीका लागि चुँडामणि चौधरी र चन्द्रिका चौधरीले गोल गरेभने बाल पुस्तकालयका लागि सुजीत चौधरीले गोल गरेका थिए ।
यता बाल पुस्तकालयले भने रेफ्रीले अनावश्यक पेनाल्टी दिएको भन्दै प्रोटेस्ट दिएको छ । आज आइतवार एवीसी क्लव वी र गणेशचौक फुटवल क्लव तथा नौलो युवा र इमानुयल क्लववीच खेल हुनेछ ।

No comments:
Post a Comment