साहित्यकार मिश्रको सम्झना

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३ फागुन ।
    सुर्खेतका साहित्यकारहरुले प्रगतिशील साहित्यकार युद्धप्रसाद मिश्रको सम्झना गरेका छन् । राष्ट्रिय जन सांस्कृतिक महासंघ अन्तर्गत विधागत संगठन जनसाहित्यिक मञ्च नेपाल जिल्ला समिति सुर्खेतले मिश्रको स्मृति दिवसको अवसरमा शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको बिचार गोष्ठी एवं रचना बाचन कार्यक्रममार्फत उनको सम्झना गरिएको हो ।
    कार्यक्रममा समाचोलक डा.दीपक गौतमले नेपाली साहित्य क्षेत्रमा मिश्रको योगदानको चर्चा गरे । यस्तै साहित्यकार जागेश्वर नेपालले नेपाली प्रगतिशिल साहित्यको क्षेत्रमा मिश्रको योगदान विशिष्ट रहेको बताए । प्रगतिशिल लेखक संघ नेपाल सुर्खेतका अध्यक्ष जीवन शाही, विश्व नेपाली साहित्य महासंघका सचिव खगेन्द्र अधिकारी (अमृत) लगायतले मिश्रले देखाएको बाटोमा अघि बढ्न साहित्यकारहरु लाई सुझाव दिए ।
    कार्यक्रम  राष्ट्रिय जन साास्कृतिक महासंघ अन्तर्गत विधागत संगठन जनसाहित्यीक मञ्च नेपाल जिल्ला समिति सुर्खेतका अध्यक्ष जगत वाशिष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्ठाहरुले रचना बाचन गरेका थिए ।
 

No comments:

Post a Comment