रेडक्रसको ३३ औं जिल्ला अधिवेशन

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ चैत ।
    नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष हेमराज ओझाले निस्वार्थ मानव सेवा गर्ने संस्था भएकाले यसलाई सवैले सहयोग गर्नुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाको ३३ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले रेडक्रस संस्थाले मानव जीवनकालागि आवश्यक रगत संकलन गरि सेवा दिदै आएको जनाकारी दिए ।संस्थामा निस्वार्थ सेवा गर्ने सबै स्वयंसेवकले अझै समाज सेवामा लाग्न उनले सुझाव दिएका ।
    रेडक्रस सुर्खेतका सभापति लिलाराम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा अनुगमन तथा सुपरीवेक्षण क्षेत्रीय कार्यालयका इन्जिनियर गोपाल उपाध्याय, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चापागाईं, मध्यपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष विष्णुबहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।
    ३३ औं शाखाको अधिवेशनको वन्द सत्रले नयाँ कार्यसमिति चयनसमेत गर्ने छ । रेडक्रस सुर्खेतको सभापतिका लागि मन्त्री देवप्रसाद गौतम र उपसभापति रामलाल आचार्यले दावी गरेका छन् ।
 

No comments:

Post a Comment