२ गाविसमा सचेतना कार्यक्रम

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २८ चैत ।
    जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले हरिहरपुर र छिन्चु गाविसमा  सचेतना कार्यक्रम गरेको छ । विहीवार हरिहरपुुरमा वातावरणीय तथा पेशागत स्वास्थ्य सम्बन्धी र शुक्रवार छिन्चुमा नसर्ने रोगको रोगथाम तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको हो । कार्यालयका स्वास्थ्य प्राविधिक बसन्तमान श्रेष्ठका अनुसार हरिहरपुरमा ४२ जना र छिन्चुमा २७ जनाको सहभागीता रहेको छ ।  सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि रत्नबहादुर वलीको संंयोजकत्वमा ११ सदस्यीय निगरानि समिति गठन गरिएको छ । 
 

No comments:

Post a Comment