जिल्लाको विकासमा दलहरुवीच साझा अवधारणा बनाउन आव्हान
सुर्खेतपत्र संवाददाता
सुर्खेत, १३ बैशाख ।
एकीकृत नेकपा माओवादी सुर्खेतको तेस्रो जिल्ला सम्मेलनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । तीन दिनको रस्साकस्सीपछि नरबहादुर विष्टको अध्यक्षतामा ५१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले सवैको नाम सार्वजनिक गरेको छ ।
पार्टीको उपाध्यक्षमा कृष्णबहादुर जिसी, सचिव ठम्मरबहादुर विष्ट, सहसचिव जीतबहादुर राना र कोषाध्यक्ष दानसिंह सुनार रहेका छन् । यस्तै सदस्यहरुमा भीमबहादुर मल्ल, विन्दमान विष्ट, गणेश भण्डारी, पुष्पा घर्ती विष्ट, ललित परियार, टोपबहादुर दर्लामी, खड्गबहादुर विक, गंगाराम तिमिल्सेना, हरिमाया शर्मा, देवीसरा विक, रत्नबहादुर गाहा मगर, डिल्ली सुवेदी, प्रताप पौडेल, रेशम जिसी, नरेन्द्र कार्की, केशव शाही, बलबहादुर कठायतलगायत छन् ।
यसैगरी सीता नेपाली, नरबहादुर विष्ट, कृष्णबहादुर जिसी, भीम बहादुर मल्ल, विन्दमान विष्ट, गणेश भण्डारी, ठम्मरबहादुर विष्ट, जीतबहादुर राना, ललित परियार, दानसिंह सुनार र पुष्पा घर्तीलाई राष्ट्रिय सम्मेलन प्रतिनिधि तोकिएको छभने २५ सदस्यीय सल्लाहकार समितिपनि चयन गरेको अध्यक्ष नरबहादुर विष्टले जानकारी दिए ।
सम्मेलनद्वारा पारित प्रस्तावहरु सार्वजनिक गर्दै अध्यक्ष विष्टले समग्र सुर्खेत जिल्लाको विकास निर्माणमा साझा अवधारणा बनाउन सवै राजनीतिक दलहरुसंग आव्हान गरेका छन् । उनले जिल्लाको विकास निर्माणमा पक्ष र विपक्ष हुन नहुनेमा जोड दिदैं उनले तेस्रो जिल्ला सम्मेलनले जिल्लाको विकासमा साझा धारणा बनाइ अगाडि बढ्न सवै राजनीतिक दलहरुलाई आग्रह गरिएको उल्लेख गरे ।
यस्तै सुर्खेत उपत्यकाको खानेपानी, वन पैदावरको वेथिति, विद्युत आपूर्ति लगायतका समस्याहरु छिटो हल गर्न, सुर्खेती जनताको गास, बास र कपास एवं रोजगारीको पहल गर्न, समाजमा व्याप्त लंैगिक हिंसा, असुरक्षा र सामाजिक विभेदहरु निरुत्साहित गर्न, बैकल्पिक व्यवस्था विना सुर्खेतका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि गरिएको दमन र स्वैच्छाचारी कदम अविलम्ब बन्द गर्ने प्रस्ताव पनि पारित गरिएको छ । त्यसैगरी बढ्दो महंगी, कालाबजारी नियन्त्रण गर्न, जनयुद्धकालका मुद्दाहरु व्युँझाएर सामाजिक वितृष्णा र सद्भाव विगार्ने सरकारी र सवै पक्षबाट भएका कार्यहरुको निन्दा गर्दै अविलम्ब सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत त्यसको समाधान गर्नपनि सम्मेलनले प्रस्ताव पारित गरेको छ ।
सम्मेलनमा पार्टी एकीकरणको पक्षमा पनि आवाज उठेकोले आफूहरुले राष्ट्रिय सम्मेलनमा जिल्लामा उठेका एकताका आवाजहरु बुलन्द गर्ने जानकारी अध्यक्ष विष्टले दिए । उनले भने, ‘कार्यकर्तालगायत सवै पार्टी एकताको पक्षमा छन्, हामी त्यो आवाज केन्द्रसम्म पुर्याउँछौं ।’ उनका अनुसार पार्टी एकता अहिलेको आवश्यकता पनि हो ।

No comments:
Post a Comment