सुर्खेतपत्र संवाददाता
कालिकोट, १४ बैशाख ।
कर्णाली राजमार्गको कालिकोट–दाहाँ सडकखण्ड अन्तर्गत पर्ने मौलाकाटिया भीरमा आइतवार ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जुम्लाबाट सुर्खेत फर्किदै गरेको ना ४ ख ४६६४ नम्बरको एलपी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान घर भएका २३ वर्षीय चालक भागीराम डाँगी र कैलाली बौनिया घर भएका १८ वर्षीय सहचालक गोपाल साउद भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट एक किमी तल खोचमा खसेको छ । दुईको शव प्रहरीले जिल्ला अस्पताल ल्याएको छ । पोष्टमार्टम पनि सम्बन्धित जिल्लामा शव पठाइने बताइएको छ ।

No comments:
Post a Comment