हिमशिखरमा अनेरास्ववियु

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १४ बैशाख ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हिमशिखर बहुमुखी क्याम्पस रामघाटको अध्यक्षमा अमन चुनारा चयन भएका छन् । अनेरास्ववियु हिम शिखर क्याम्पस किमिटिको आइतबार भएको दोस्रो क्याम्पस सम्मेलनले चुनाराको अध्यक्षतामा नयाा प्रारम्भिक क्याम्पस कमिटि गठन गरेको हो । उपाध्यक्षमा झुमा खड्का, सचिवमा चन्द्रबहादुर
परियार, सहसचिवमा यमुना खत्री र कोषाध्यक्ष मा मञ्जु थापा चयन भएका छन् । कमिटिको सदस्यहरुमा रमेश चलाउने, डिलबहादुर बिक, खगेन्द्र गाहा, सुरेश शर्मा, वीरेन्द्र खत्री, लक्ष्मी राना, कौशिला शाही, चन्द्रा विसी, प्रेमकला विसी छन् ।  

No comments:

Post a Comment