जनसंख्यामा व्यवस्थापन र परम्परागत मूल्य मान्यताहरु तथा विश्वास

Bookmark and Share 
तीर्थबहादुर थापा
    गुणस्तरीय जीवनमापनको लागि जनसंख्या बृद्धिदरलाई उपलब्ध साधन, श्रोतवीच तालमेल गराइ न्यूनीकरण गर्ने कार्यलाई जनसंख्या व्यवस्थापन भनिन्छ । सानो परिवार, सुखी परिवार भन्ने मान्यतालाई जनसंख्या व्यवस्थापनले आत्मसाथ गरेको पाइन्छ । जनसंख्या व्यवस्थापनमा जनसंख्या वृद्धि दरमा प्रभाव पार्ने तत्वहरु जन्म, मृत्यु बसाईसराईको विश्लेषणात्मक अध्ययन गरी जनसंख्याको अनियन्त्रित बृद्धि दरलाई व्यवस्थित गर्ने कार्य गरिन्छ ।

    नेपालमा सन् १९९१ (वि.सं. १९६८) देखि जनगणना लिने कार्य सुरु भएको थियो । यद्यपि बैज्ञानिकरुपले सन् १९५२ देखि जनगणना लिने कार्यको शुभारम्भ भएको पाइन्छ । नेपालको जनसंख्या उच्च बृद्धिदर २.६६ प्रतिशत सन् १९७१ देखि १९८१ को दशकमा रहेको पाइन्छ । हाम्रो देशमा उपलब्ध साधन र श्रोतको आँकलन गर्ने हो भनेपनि देशको पछिल्लो जनगणना २००१ को जनसंख्या बृद्धिदर २.२४ लाई पनि जनसंख्याको उच्च वृद्धिदरको रुपमा तपाईं हामीहरुले लिन सक्छौं ।
    जनसंख्या व्यवस्थापनको लागि ‘सानो परिवार, सुखी परिवार’ को नारा लाउन जति सजिलो छ । त्यसलाई मुहुर्तरुप दिन अति कठिन छ । हाम्रा परम्परागत मूल्यमान्यताहरु तथा विश्वासहरुले पनि जनसंख्या बृद्धि उच्च भूमिका खेलेका छन् । जसको कारणले गर्दा जनसंख्या बृद्धिदरलाई कम गराउने चाहना हुँदाहुँदै पनि दम्पतिहरु बढी सन्तान जन्माइरहेको हामी पाउँछौं । आउनुहास् हाम्रो समाजमा विद्यमान परम्परागत मूल्यमान्यताहरुले जनसंख्या बृद्धिलाई कसरी प्रोसाहित गरिरहेका छन् ? यसबारे छलफल
गरौं ।
    क) एशियाली मुलुकहरुकै एउटा मुख्य समस्या छोरालाई प्राथमिकता दिने चलन हो । त्यसमा पनि नेपाल हिन्दुहरुको बाहुल्यता भएको मुलुक हो हिन्दुधर्ममा विश्वास गर्नेहरुले परिवारमा एउटा छोरोको जन्म हुनु अनिवार्य ठान्दछन् । छोराले काजक्रिया नगरे स्वर्ग जान नपाइने, छोराले श्राद्ध नगरे स्वर्गमा खान नपाइने जस्ता कुराहरु हिन्दु धार्मिक ग्रन्थहरुमा लेखिएको पाइन्छ । अत: आफ्नो स्वर्ग जाने रस्ताको लागि भएपनि धेरै छोरी जन्मिसके पनि छोरा जन्माउन लागि पर्नाले परिवारको आकार ठूलो भएको पाइन्छ । तपाई, हामीहरुले समाजमा देखेकै कुरा हो : धेरै शिक्षित धनी मानिसहरु लगायत सर्वसाधारण मानिहरुले पनि गर्भको बच्चा कुन लिंग पहिचान गरी छोरा भए जन्माउने, छोरी भए गर्भपतन गराउने नभए धेरै बच्चाहरुको जन्मदिने गरेको पाइन्छ ।
    ख) तपाईंहामीहरुलाई थाहा भएकै कुरो हो, विभिन्न धार्मिक एवं सामाजिक शुभकार्यहरुमा ठूला वडाहरुले कस्तो आशीष बचन दिनुहुन्छ ? उहाँहरुले हाम्रा विशेष चाडपर्वहरुमा धेरै सन्तान जन्माउनुपर्ने कुराहरुलाई प्राथमिकता दिएको पाउँछौं । जस्तै: ठूला व्यक्तिबाट साना व्यक्तिलाई आशीष दिंदा तपाईंको सन्तानले डाँडाकाँडा ढाकुन ९ीभतुक थयगच यााकउचष्लन
कगचचयगलमक जष्ििक बलम mयगलतबष्ल० यसैगरी एउटी हिन्दु केटीको विवाह हुने बेलामा ‘अष्ट पुत्रवती भवेत्’ ९थ्यग mबथ जबखभ भष्नजत अजष्मिचभल० भन्ने वाक्यांशको प्रगोग गरी आशीष दिइन्छ ।
    ग) जनसंख्या व्यवस्थापनको लागि बाधक तत्वको रुपमा छोरीहरुलाई विद्यालय नपठायने चलनलाई लिइन्छ । विशेष गरेर विकासशील एवं अल्पविकसित देशहरुका लगभग ७० प्रतिशत केटाहरु विद्यालय पढ्छन् भने न्यून केटीहरुमात्र विद्यालय पढ्न जान्छन् । महिलाहरुलाई शिक्षाबाट बञ्चित गरिएको पाइन्छ । शिक्षाको अभावबाट महिलाहरु घरायशी काममा नै संलग्न हुनुका साथै महिलाहरु बच्चा पाउने यन्त्रको रुपमा प्रयोथ भैआएको पाइन्छ जसले गर्दा प्रजनन्दर उच्च भएको पाइन्छ ।
घ) यसैगरी ठूलो परिवारलाई सामाजिक प्रतिष्ठाको रुपमा हेरिनाले पनि जनसंख्या बृद्धि भएको पाइन्छ । जुन महिलाको जीवित बच्चा छैनन्, तिनीहरुलाई बाँझी महिला भने हेप्ने चलन समाजमा व्याप्त छभने समाजमा एउटामात्र बच्चा जन्माएर अरु बच्चा जन्माउन ढिलो गर्नेलाई ‘केरा बेते भई’ भनेर संगिनीहरुबाटै अपमानित गरिएको पाइन्छ । अर्कोतर्फ ‘हामी आर्थिक हिसाबले गरीब भएपनि सन्ततीको हिसाबले धनी छौं’ ‘ध्भ बचभ उययच दगत चष्अज ष्ल अजष्मिचभल’ भन्ने पुरानो आशीष बचनले सन्तान बढी जन्माउनमा प्रोत्साहन मिलेको पाइन्छ ।
    ङ) ‘मुनस्मृति’ मा महिलाहरुको विवाहको सम्वन्धमा के उल्लेख छ, तपाईंहरुले पढ्नुभएको छ ? आउनुहोस् यसबारे उल्लेख गरौं । मनुस्मृतिमा महिलाहरुको विहेबारे भनिएको छ, ‘अष्टवर्षे भवेद् गौरी, नग्निका वन वर्षिका, कन्यिका दश वर्षाणि, द्वादसे वृषली भवेत्’ अर्थात ‘आठ वर्षकी कन्या गौरी समान हुन्छे र आठ वर्षमा छोरीको कन्यादान गरिदियो भने गौरीदान गरेसरहको फल पाइन्छ ।’
    त्यसैगरी ९ वर्षकी कन्या नग्निका स्वरुप र दश वर्षकी केटी कन्या स्वरुपकी हुन्छिन् र उक्त उमेरमा छोरीलाई कन्यादान गर्दा त्यसै अनुरुप फल मिल्छ । १२ वर्षकी स्त्री रजश्वला भइसक्ने हुँदा विषसमान हुन्छे र १२ वर्ष पुगेपछि छोरीको कन्यादान गर्दा कुनैपनि प्रकारको फल प्राप्त हुँदैन । ‘मुनस्मृति’कै अर्को अध्यायमा भनिएको छ, रजश्वला भएकी छोरीलाई माइतमा राख्दा प्रत्येक महिना उसको रजश्वलासंग जुन डिम्बहरु खेर गइरहेका हुन्छन् तिनीहरुको हत्या गरेको पाप आमाबुबाहरुलाई
लाग्छ ।’ यसरी कम उमेरमा विवाह हुँदा वास्तविक प्रजनन् अन्धी ९भाभअतष्खभ  चभउचयमगअतष्खभ कउबल० बढ्न गई धेरै छोराछोरी जन्मन सक्छन् र जनसंख्या
बढ्छ । यसरी जनसंख्या व्यवस्थापनमा हाम्रा परम्परागत मूल्यमान्यता र विश्वासहरुले बाधा पुर्‍याइरहेको पाइन्छ ।
    जनसंख्या दिनप्रतिदिन बढिरहेको कुरा तथ्यांकहरुले बताइरहेका छन् आज देशमा जनसंख्या अत्याधिक बृद्धि हुँदा बेरोजगारी समस्या बढेको छ, त्यस्तै अव्यवस्थित शहरीकरण, उच्च बाल आश्रित अनुपातमा बृद्धि भएको छ । प्राकृतिक श्रोत र साधनहरुमा जनसंख्याको दवाव बढेको छ जसको कारण वन फँडानी तीव्र रुपमा बढेको छ । यसरी व्यापक वनफँडानी हुँदा हरिया वनले ढाकेका जंगलहरु मरुभूमिमा परिणत भएका छन्, घाँस दाउरा, काठहरुको अभाव भएको छ । वन्यजन्तुहरुका बासस्थान नासिरहेको छ । त्यसैगरी मानवबस्तीहरु प्राकृतिक विपत्तिहरु (बाढी, पहिरो आदि) को चपेटामा परी वर्षेनी व्यापक धनजनको क्षति भएको पाइन्छ ।
    यसरी बृद्धि भएको जनसंख्यामा पुरुषको भन्दा महिलाको जनसंख्या अधिक देखिन्छ । नेपालको जनसंख्या पुरुषहरुको भन्दा महिलाहरुको जनसंख्या २३५८१ अंकले बढी छ । (हेर्नुहास् सन् २०११ को जनगणनाको तथ्यांक) जनसंख्या बृद्धिको यो अवस्थाले लैगिंक समानताको लागि महिलाहरुलाई सामाजिक, आर्थिक स्थितिमा सुधार गरी ‘नारीपुरुष बराबरी, जीवनको हरक्षेत्रमा दुवैशक्ति हराहरी’ भन्ने मान्याताका साथ जनसंख्या व्यवस्थापनको क्षेत्रमा एउटा चुनौती देखा परेको छ ।
    नेपालमा जनसंख्या व्यवस्थापन कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने त ? आनुहोस् तपाईं हामी यस सन्दर्भमा एकछिन मन्थन गरौं :
    –जनसंख्या व्यवस्थापन बहुआयामिक क्षेत्र ओगटेको विषय हो त्यसकारण सम्बद्ध सबै क्षेत्रहरुले गरिबी निवारण कार्यक्रमको रुपमा यस कार्यक्रमलाई समेटेर जनताहरुको घरदैलोसम्म पुर्‍याउनुपर्ने हुन्छ ।
    –जनसंख्या व्यवस्थापन जस्तो विषयमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि अन्य कार्यक्रमहरुसंग समन्वय गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको हुनाले सरकारी कार्यक्रमहरुसंगै गैरसरकारी संस्थाहरुवीच समन्वय र सहयोग आदानप्रदान हुनु आवश्यक छ ।
    –जनसंख्या व्यवस्थापन कार्यक्रमलाई नयाँपन दिन स्थानीय संघसंस्थाहरुलाई पनि संलग्न गर्ने, स्थानीयभाषामा जनचेतना अभिवृद्धि कार्यक्रम जस्तै: सडकनाटक, पम्पलेट, पोष्टरिङm अडियोभिजुयल कार्यक्रम प्रदशनी गर्ने । आमा समूह, महिला समूह आदिको लागि स्थानीय सीप, साधन र स्रोतको पहिचान हुने र गर्न सकिने खालका सामग्रीको अधिकतम प्रयोग गरी तालिम दिग्दर्शन ९त्चबष्लष्लन :बलगब०ि तयार पार्ने आदि कार्यक्रमहरु संचालन गर्नुपर्ने हुन्छ ।
    –जनसंख्या व्यवस्थापन सम्बन्धि विषयमा बेलाबेला कार्यशाला गोष्ठि, सेमिनार आदि भइरहनुपर्दछ । उक्त कार्यक्रमहरुमा सर्वपक्षिय समन्वय हुनु पर्दछ ।
निष्कर्ष:
    हाम्रो देशको जनसंख्या बढिरहेको छ । यसरी व्यापक रुपमा बढेको जनसंख्याले, अभाब, अशान्ति, प्राकृतिक श्रोतसाधनहरुमा बढी दवाव श्रृजना गरेको छ । दिनदिनै नेपालीको जीवनस्तर गिर्दो अवस्थामा छ । प्राकृतिक श्रोत साधन र जनसंख्यावीच सन्तुलन ल्याई गुणस्तरीय जीवनयापन सहज बनाउनु नै जनसंख्या व्यवस्थापन हो । हाम्रा परम्परागत मूल्य र मान्यताहरु तथा विश्वासले जनसंख्या वृद्धिमा मलजल पुर्‍याएको छ । उक्त परम्परा र विश्वासहरु लाई जनचेतनामूलक कार्यक्रमहरु को मद्दतले सदाको लागि हटाउनुपर्छ ।
    यसको लागि सरकारी, गैरसरकारी संघसंस्था तथा ५० प्रतिशत भन्दा बढी महिला सहभागिता लगायत सर्वपक्षीय समन्वय कायम गरी जनसंख्या व्यवस्थापन गर्न सकिन्छ । त्यसैगरी जनसंख्या बृद्धि सम्बन्धि हाम्रा परम्परागत मूल्यमान्यता र विश्वासको माखे साङ्लोबाट हामी नेपालीहरुको बन्धनलाई सदाको लागि टुटाउनु पर्ने बेला आएको छ । तबमात्र यथार्थमा जनसंख्या व्यवस्थापन कार्यक्रम पूर्ण रुपमा सफल हुन्छ । 

3 comments:

  1. हे हे हे !
    तीर्थबहादुर थापाजीले मनुस्मृति नपढेको स्पष्ट भयो !
    अष्टवर्षे भवेद्गौरी.....
    आदि श्लोकहरु मनुस्मृतिमा छंदै छैन !
    शास्त्रको अध्ययन नगरिकन शास्त्रको मर्मलाई बंग्याउन कहाँ पाइन्छ र ?
    मनुस्मृति अध्याय ९ मा भनिएको छ –
    उत्कृष्टायाभिरूपाय वराय सदृशाय च ।
    अप्राप्तामपि तां तस्मै कन्यां दद्याद्यथाविधि ॥८८॥
    काममामरणात्तिष्ठेद् गृहे कन्यार्तुमत्यपि ।
    न चैवैनां प्रयच्छेत्तु गुणहीनाय कर्हिचित् ॥८९॥
    त्रीणि वर्षाण्युदीक्षेत कुमार्यृर्तुमती सती ।
    ऊर्ध्वं तु कालादेतस्माद्विन्देत सदृशं पतिम् ॥९०॥
    अदीयमाना भर्तारमधिगच्छेद्यदि स्वयम् ।
    नैनः किञ्चिदवाप्नोति न च यं साऽधिगच्छति ॥९१॥
    कुलीन, सुन्दर र समान जातको वर मिलेमा पिताले योग्य अवस्था नभएपनि शास्त्ररीतिले कन्यादान गर्नु । भलै कन्या ऋतुमति (रजस्वला) भएर पनि मरणपर्यन्त कुमारी (आजीवन अविवाहित) रहुन् तर गुणहीन वरलाई कहिल्यै नदिनु । कन्याले रजस्वला भएपछिको तीन वर्षसम्म प्रतिक्षा गरेर अर्को वर्षपछि आफु योग्य पति (आफ्नो ईच्छानुसारको पुरुष) प्राप्त गर्नु वा विवाह गर्नु । यदि पिता आदिले उसको विवाह गर्दिदैनन् भने कन्या स्वयंले वर चुनेर विवाह गर्नु, यसमा कन्या र वरलाई कुनै दोष लाग्दैन ।
    त्यस्तै तेस्रो अध्यायको दोस्रो श्लोकमा ‘अविप्लुतब्रह्मचर्यो गृहस्थाश्रममावसेत्’ अर्थात् ब्रह्मचर्यको रक्षा गरेर (ब्रह्मचर्य पालनद्वारा) गृहस्थाश्रममा प्रवेश गर्नु, चौथो श्लोकमा समावर्तन पछि विवाह गर्नु ।

    अष्टवर्षे भवेद्गौरी.....
    आदि श्लोकहरु काशिनाथको शीघ्रबोधमा र यमस्मृतिमा लेखिएको क्षेपक श्लोकहरु हुन् !
    यसको वेद र अन्य धर्मशास्त्र विरुद्ध रहेको छ !
    विवाहको बारेमा कुन उमेरमा विवाह गर्ने भन्ने विषयमा अनि स्त्रीहरुको महत्वको बारेमा जान्न वेद अनि धर्मशास्त्रहरुको अध्ययन गर्न जरुरी छ महोदय !
    ब्रह्मचर्येण कन्या युवानं विन्दते पतिम् ॥१८॥ अथ.का.११.सू.७
    कन्याले ब्रह्मचर्य संयम पालनद्वारा (पूर्ण विद्या प्राप्त गरेर युवावस्थामा) युवा पुरुषलाई (आफु समान ब्रह्मचर्य पालनद्वारा पूर्ण विद्या प्राप्त युवक) प्राप्त गरोस् ।
    सोमः प्रथमो विवदे गन्धर्वो विवद उत्तरः । तृतीयो अग्निष्टे पति स्तुरीयस्ते मनुष्यजाः ॥४०॥ ऋ०म.१०सू.८५
    कन्याको सबभन्दा पहिला सोमसँग सम्पर्क हुन्छ, त्यसपछि गन्धर्वसँग,अग्नि र पुरुषसँग । अर्थात् सोम याने शारीरिक विकास, गन्धर्व याने सौन्दर्य एवं मानसिक विकास, अग्नि याने शारीरिक उष्णता अथवा रजस्वला (मासिक धर्म) र यसरी तेस्रो चरण पार गरेपछि कन्यालाई अन्तमा पुरुषलाई दिईन्छ, विवाह हुन्छ ।
    यो मन्त्रको स्पष्ट अभिप्राय भनेकै कन्याको विवाह युवावस्थामा नै हुनुपर्छ ।
    यस्तै अरु प्रमाण श्लोक हरु वेद, सुश्रुत संहिता आदि अन्य ग्रन्थहरुमा पाइन्छन्, अध्ययन हुनपर्यो !
    त्यस्तै सन्तानले डाँडा काँडा ढाकुन् भनेको छोरा छोरीहरु धेरै पाओ भन्ने अर्थमा लगाउने हुनाले हाम्रो मगज त्यतातिर ढल्केको हो ! वास्तवमा सन्तान भनेको विशिष्ट अर्थ छ, त्यो हो आफ्नो कुलहरु ! छोरा-नाति-पनाति आदि सन्ततिको वृद्धि विकास हुँदै जानु भन्ने अर्थमा सन्तानको वृद्धि होस् भन्ने आशिर्वाद लागु हुन्छ !
    छोरा छोरीको सन्दर्भमा हाम्रो धार्मिक ग्रन्थहरुमा छोरा भाग्यले र छोरी सौभाग्यले पाइन्छ भनेर भनेको छ ! हाम्रा पौराणिक कथाहरुमा पनि छोरीहरुको महत्व धेरै बुझ्न सकिन्छ ! एकाध ग्रन्थहरु जो संकटकालको बेलामा केहि धर्मविरुद्धका वाक्यांशहरुलाई थपगरिएर लेखियो, नत्र ग्रन्थहरुको अध्ययन गर्दै जानुभयो भने बल्ल था हुन्छ की हाम्रो धर्ममा कति विकृति र विसंगति भित्रिसकेको छ भनेर !
    हिन्दु धर्ममा यस्तो छ, उस्तो छ भन्दै नकारात्मक कुराहरुलाई हचुवाको भरमा पस्कँदै जानुको सट्टा त्यसको जरो समात्न धार्मिक ग्रन्थहरुको स्पष्टरुपमा अध्ययन गर्न जरुरी छ !

    ReplyDelete
  2. अनि शास्त्रमा द्विरागमन भन्ने कुराको उल्लेख छ, ज्योतिषमा पनि द्विरागमन मुहूर्त्त भनेर लेखिएको छ ! अघि मनुस्मृतिको श्लोक याद गर्नुस् --- उत्कृष्टायाभिरूपाय वराय सदृशाय च । अप्राप्तामपि तां तस्मै कन्यां दद्याद्यथाविधि ॥८८॥
    कुलीन, सुन्दर र समान जातको वर मिलेमा पिताले योग्य अवस्था नभएपनि शास्त्ररीतिले कन्यादान गर्नु ।
    यस्तो विवाह गर्ने स्थिति आउँदा वा विवाह भैसकेपछि कन्याको पूर्ण युवावस्था अनि पूर्ण शिक्षा प्राप्त नभएसम्म कन्यालाई माइतीघरमै राख्ने र ८ वर्षपछि उचित समय हेरेर पुनः दुलहीलाई घरमा भित्र्याउने जुन कर्म छ त्यसलाई द्विरागमन (द्विः+आगमन) भनिन्छ !
    त्यस्तै विवाह भएपछि पनि चतुर्थी पूजा नगरिन्जेल ४ दिन सम्म ब्रह्मचर्यमा रहनु ! त्यसपछि सन्तान पाउन योग्य कन्या नभए माइतीघरमा लगेर राखिदिनु आदि प्रसंग पनि शास्त्रहरुमा छन् ! त्यसैले शास्त्रहरुमा कतैपनि जनसंख्या बढाउन पर्छ, बाल विवाह गर्नै पर्छ भन्ने छैन !

    ReplyDelete
  3. मनुस्मृति पढ्न यो लिंकमा जानुहोस्
    https://archive.org/download/Manusmriti1890NirnayaSagarPress/Manusmriti%201890%20-%20Nirnaya%20Sagar%20Press.pdf

    ReplyDelete