जेसीज भनेको के हो ?

Bookmark and Share 
भद्र भण्डारी
अध्यक्ष वीरेन्द्रनगर जेसीज वर्ष २०१२
    जेसीज भनेको के हो ? यो प्रश्नको जवाफ दिन जेसीजका पुराना सदस्यहरुलाई खास कठिन हुँदैन तर नयाँ सदस्यहरु जेसीजको सदस्यता नलिएका समाजका विभिन्न क्षेत्रका मानिसहरुमा जेसीजको अवधारणाको सम्बन्धमा अन्यौलता रहेको पाइन्छ । कहिलेकाहीं जेसीजका कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नु हुने समाजका विशिष्ट व्यक्तिहरुले र जेसीजका व्यक्तिहरुले पनि जेसीजलाई सामाजिक संस्थाको रुपमा लिएको पाइन्छ । वास्तबमा जेसीज सामाजिक संस्था हो वा होइन भन्ने प्रश्न उठ्छ  होइन भने के हो ? अन्य अन्तराष्ट्रिय गैरसरकारी सामाजिक संस्था र जेसीजमा के फरक छ ? यस्ता प्रश्नहरु निरन्तर रुपमा उठ्दै आएको छ । यी सवालहरु अति महत्वका छन् किनभने जबसम्म हामी यो संस्थाको परिचय वा अवधारणाको सम्बन्धमा स्पष्ट हुँदैनौं तबसम्म यस संस्थामा लागेको कुनै अर्थ हुँदैन । कारण अवधारणा नबुझिकन यस संस्थाभित्र हामी हाम्रो व्यवहार सुनिश्चित गर्न सक्दैनौं, मार्गनिर्देशन लिन सक्दैनौं ।

जेसीज भनेको के हो ?
    संक्षेपमा जेसीज भनेको १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था होइन । यो संस्थाको केन्द्रविन्दु व्यक्ति (मानिस) हो । सामान्य अवस्थामा जन्मने कोही पनि सक्षम वा असक्षम हुँदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ । जेसीजले आफ्ना सदस्यहरुलाई उपयुक्त अवसरहरु उपलब्ध गराएर उनीहरुको अन्तर्राष्ट्रिय प्रतिभालाई प्रस्फुटन गराइ तिनीहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाइ एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रुपमा जेसीजले मानवीय विकासमा बढी जोड दिएको छ किनभने सक्षम मानिसहरुको विकास हुनसकेमा समाज, राष्ट्र, र विश्वको स्वत: विकास हुन्छ । आजसम्म विश्व समुदायले जे जस्तो विकास गरेको छ ति सबै सक्षम मानिसकै देन हुन् । यस पृथ्वीको सबैभन्दा उत्कृष्ट प्राणी भनौं वा सबैभन्दा बहुमूल्य सम्पत्ति भनौ त्यो कुनै होभने केवल मानव मात्र हो । अरु कोही होइन । यसप्रकार जेसीजले समाजको निमित्त सक्षम एवं असल व्यक्तित्वको निर्माण गरी अप्रत्यक्ष रुपले समाजको विकास गर्दछ । साधन स्रोतको क्षेत्रमा जतिसुकै समृद्ध भएपनि त्यसको परिचालन गर्ने क्षमता व्यक्तित्वको नेतृत्व भएनभने परिणाम नकारात्मक नै आउँछ ।
    नेतृत्व शब्दको उच्चारण सुन्नासाथ प्राय: हाम्रो सामाजमा त्यसको अर्थ राजनीतिसंग जोडिन पुग्दछ । हामी सबैले आफ्नो जीवनको दिनचर्या महसुस गरेका छौं नेता भनेको राजनीतिमा लाग्ने व्यक्ति हो यो जताततै देख्न र सुन्न पाइन्छ । तर जेसीजले नेतृत्वको विकास गराउने भनेको राजनैतिक नेताको उत्पादन गर्नु मात्र हैन वास्तमा संसारका प्रत्येक व्यक्तिले कुनै न कुनै रुपमा कही न कही नेतृत्व गरिनै रहेको हुन्छ । तर उनीहरुले त्यो महसुस गरेका हुँदैनन् । क्याम्पस प्रमुख, कार्यालय प्रमुख, शाखा प्रबन्धक, महाप्रबन्धक, शिक्षक, प्रशासक, अभिभावक, पसलको प्रोपराइटर, अध्यक्ष, सचिव, कोषाध्यक्ष, विभागीय प्रमुख आदि सबै नेतृत्वका स्वरुप हुन् । यसरी नेतृत्व गर्दा त्यसमा प्रभावकारिता ल्याउन भनौं वा लक्ष्य प्राप्त गर्न वा सफल हुन भनौं त्यसका लागि मानिसमा केही आधारभुत क्षमताको आवश्यकता पर्दछ । जस्तै प्रभावकारी निर्णय गर्ने क्षमता, लक्ष्य सुनिश्चित गरी सो प्राप्ति गर्न रणनीति बनाउने क्षमता प्रजातान्त्रिक एवं प्रभावकारी रुपमा बैठक संचालन गर्ने वा बैठकमा प्रस्तुत हुने क्षमता प्रभावकारी भाषण गर्ने क्षमता, संगठन क्षमता प्रभावकारी जनसम्पर्क आदि क्षमताहरुको आवश्यकता पर्दछ । यस्ता सम्पूर्ण विषयहरुको सम्बन्धमा जेसीजमा प्रशिक्षण उपलब्ध गराइन्छ । प्रशिक्षण मार्फत सिकेका ज्ञान र सीप व्यवहारीक रुपमा प्रयोग गर्न जेसीजभित्र विभिन्न अवसरहरु उपलब्ध गराइन्छ जुन अन्य संस्थामा हुँदैन । यस अर्थमा जेसीजलाई Learning by doing को प्रक्रियाबाट संचालित अनौपचारिक विद्यालय पनि भन्न सकिन्छ अर्थात जेसीज १८ देखि ४० वर्षका युवाको विश्वव्यापी विश्वविद्यालय हो जहाँ  गरेर सिक्ने प्रक्रिया बाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराइन्छ । यस अर्थमा जेसीजको आफ्नो छुट्टै पहिचान छ । अत: यसलाई अन्य कुनै संस्थासंग तुलना गर्न वा दाज्न सकिंदैन । यो संस्थाको आफैमा एउटा विशिष्ट पहिचान छ । औपचारिक विश्वविद्यालयहरुमा प्राप्त गर्न नसकिने कतिपय ज्ञान जेसीजमा प्राप्त गर्न सकिन्छ । जसबाट यसका सदस्यहरु लाभान्वित भई आफ्नो पेशा व्यवसायलाई राम्रो ढंगले संचालन गरी सफलता प्राप्त गर्न सक्दछन् । यसका साथ साथै यसले आफ्नो सदस्यलाई आफू बस्ने समाजप्रतिको दायित्व बोध गराइ विश्वको विकासमा सहभागी गराउँदछ । र think Globally, Act Locally भन्दछ । विश्वका प्रत्यक व्यक्तिले आफ्नो दायित्व अनुरुप आफू बस्ने समाजमै कार्य गरेपनि विश्व विकासमा योगदान दिन सक्दछ । यस संस्था मार्फत विश्वस्तरमा नै बन्धुत्व सम्बन्ध स्थापित गर्न सुनौलो अवसर पनि प्राप्त छ ।
    माथिको विवेचनाबाट यो महान संस्थाको स्थापना तथा विकास के कसरी भएको हो भन्ने सम्बन्धमा यसको ऐतिहासिक पृष्ठभूमि जान्ने खुल्दुली हुनु स्वभाविक नै हो । जेसीजको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दा आज भन्दा ९३ वर्ष पहिले सन् १९१० को घटनालाई बिर्सन सकिंदैन । आजभन्दा ९३ वर्ष पहिले संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यमा पर्ने सेन्ट लुइस भन्ने शहरको परम्परागत सांस्कृतिक नृत्य लोप हुने अवस्थामा पुगेको थियो । यस कुरालाई Henery Giessenbier (Founder-JCJ) भन्ने एकजना युवकलाई चिन्तित तुल्याएको थियो । त्यस युवकले केही गर्नुपर्छ भन्ने दृढ निश्चय गरी सन् १९१० मा आफ्नो साथीहरुसंग मिली परम्परागत नृत्यशैलीलाई बचाउने उद्देश्य लिई Herculaneum Dance Club भन्ने संस्थाको स्थापना गरे र दत्ततित्त भई त्यसमा लागिपरे ।
    ५ वर्षपछि अर्थात सन् १९१५ सेन्टलुइसका HFNF Morgan भन्ने एकजना प्रतिष्ठित व्यक्तिले Herculaneum Dance Club  का सदस्यहरुलाई मानिससंग प्रत्यक्ष सम्बन्ध राख्ने सवालहरुमा लाग्न तथा काम गर्न प्रेरित गरे । फलस्वरुप सन् १९१५ अक्टोबर १३ का दिन गिसनवियर र अन्य २२ जना युवाहरु मिली Young Mean's Progressive Civic Association (YMPCA) भन्ने संस्थाको स्थापना गरे । यसरी सन् १९१५ अक्टोबर १३ का दिनलाई विधिवत जेसीज संस्थाको स्थापना दिवसको रुपमा लिइएको छ । यसको स्थापनाको ५ महिना भन्दा कम समयमा यस संस्थाको सदस्य संख्या ७ सय ५० पुग्यो । यसको लगत्तै अर्को वर्ष सन् १९१६ मायस संस्थाको नाम परिवर्तन भयो अर्थात YMPCA बाट Junior Citizens भन्ने नाम राखियो युवाको माथिको संस्था भएर यसको नाम  Junior Citizens लाई छोटकरीमा वा संक्षेपमा भन्नुपर्दा JCS भनियो । कालान्तरमा JCS को उच्चारण गर्दा Jaycees भएर रहन गएको हो । फेरी सन् १९१८ मा यस संस्थाको नाम सेन्टुलइस जुनियर चेम्बर अफ कमर्श राखियो । तर यसको छोटो नाममा कुनै खास परिवर्तन भएन अर्थात छोटकरीमा नामको रुपमा JCS नै भएर आयो ।
    प्रथम विश्वयुद्ध पश्चात हेनरी गिसनवयरले अमेरिकाका अन्य शहररुको युवा व्यापारी समुदायसंग सम्पर्क स्थापित गरी अमेरिकामा राष्ट्रव्यापी यस संस्थाको पहिलो राष्ट्रिय अध्यक्षको रुपमा हेनरी गिसनवियर निर्वाचित भए सन् १९२३ मा Winnipeg Board Of Trade's को रुपमा पहिलोपटक अमेरिका बाहिर तथा विदेशमा यस संस्थाको स्थापना भयो सन् १९२८ सम्म यस संस्थाको अवधारणा इग्लैण्डतिर पनि फैलिन पुग्यो ।
    सन् १९४० मा अमेरिका जुनियर चेम्बरले मध्य र दक्षिण अमेरिकामा पनि यस संस्थाको विस्तार गर्न प्रस्ताव पारित गरे । फलस्वरुप सन् १९४३ मा Mexico City, Guatemala, Ei Salvador, Honduras, Nicaragua, Costa Rica , Panama Cityमा यसको स्थापना भयो सन् १९४४ मा Mexico City मा पहिलो अन्तराष्ट्रिय सम्मेलन भयो सो सम्मेलनमा Mexico निवासी Raul Garacia Vidal पहिलो अन्तर्राष्ट्रिय अध्यक्षको रुपमा निर्वाचित भए । यस प्रकार जेसीज अन्तर्राष्ट्रियका संस्थापक राष्ट्रहरुमा कोष्टारिका, एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरस, मेक्सिको निकारागुवा, पानामा र संयुक्त राज्य अमेरिकालाई लिइन्छ । सन् १९४६ मा यस संस्थाको पहिलो विश्व सम्मेलन विश्वका १६ वटा राष्ट्रहरुमा ४४ जना प्रतिनिधिहरुले भाग लिएका थिए । यस सम्मेलनमा अष्ट्रलिया तथा क्यानाडालाई विधिवत यस संस्थाको सदस्यता प्रदान गरियो । सन् १९४८ मा Rio De Janeiro मा सम्मन्न भएको चौथा World congress मा यस संस्थामा आस्था (JCI) Creed) लाई अंगिकार गरियो । सो आस्थाका लेखक C. William Brownfield भन्ने व्यक्ति हुनुहुन्छ । सन् १९५२ मा यस संस्थाको स्थायी सचिवालय संयुक्त राज्य अमेरिकामा स्थापना गरियो । सन् १९७२ मा यस संस्थाको नाम जुनियर चेम्बर अन्तराष्ट्रिय जेसीज अन्तराष्ट्रियमा  परिवर्तन गरियो तर पुन: सन् १९८८ मा यस संस्थाको नाम जुनियर चेम्बर अन्तर्राष्ट्रिय  (JCI) राखियो ।
    हाल विश्वमा १००  वटा राष्ट्र भन्दा बढी राष्ट्रमा यो संस्था क्रियाशील छ । तर अन्य राष्ट्रहरुमा स्थापना हुने क्रममा छ । विश्वलाई ४ क्षेत्रमा विभाजित गरिएको छ । क्षेत्र A मा अफ्रिकाका राष्ट्रहरु पर्दछन्, क्षेत्र B मा एशिया, अष्ट्रलिया र प्यासिफिका राष्ट्रहरु पर्दछन् । क्षेत्र C मा उत्तरी अमेरिकाको राष्ट्रहरु, दक्षिणी अमेरिका र मध्य अमेरिकी राष्ट्रहरु पर्दछन् । क्षेत्र D मा युरोपका राष्ट्रहरु पर्दछन् ।
    नेपालमा नेपाल जेसीजको स्थापना कसरी भयो भन्ने सम्बन्धमा पनि जान्न  आवश्यक छ । भारतको उत्तर प्रदेश राज्यमा गोरखपुर जेसीजका मित्रहरुले नेपालमा नेपाली जेसीज स्थापना गर्ने उद्देश्यले नेपालका युवाहरुसंग सम्पर्क गरी सन् १९६४ मा डा. भेषबहादुर थापाको नेतृत्वमा नेपाल जुनियर चेम्बरको नामबाट यस संस्थाको स्थापना गरे । तत्कालीन श्री ५ युवरावधिराज वीरेन्द्र वीरविक्रम शाहदेव सरकारबाट वि.सं. २०२१ साल आश्विन २ गते विहीबार काठमाडौंमा एक भब्य समारोहका बीच हर्ष एवं उल्लासमय वातावरणमा नेपाल जेसीजको समुद्घाटन गरी नेपाल जेसीजको प्रमुख संरक्षक ग्रहण गर्नुभयो । सन् १९६४ मा नेपाल जेसीजको स्थापना भएपनि जेसीज अन्तर्राष्ट्रियको विधिवत सदस्यता सन् १९७० मा प्राप्त गरेका थियो । त्यस वर्ष नेपाल जेसीजको अध्यक्ष सिनेटर अम्बिका श्रेष्ठ हुनुहुन्थ्यो । नेपाल जेसीजको मुख्य कार्यालय काठमाडौं थापाथलीमा अवस्थित छ । यसको आफ्नै भवन तथा जग्गा छ । नेपाल जेसीजको प्रथम राष्ट्रिय महाधिवेशन सन् १९७४ मा काठमाडौंमा भएको थियो त्यस अधिवेशनको निर्देशन सिनेटर बालाप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । सन् १९९७ मा हवाईमा भएको विश्व सम्मेलनमा पहिलो पटक नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर सन्तोष रिजाल JCI को कार्यकारिणी उपाध्क्ष को रुपमा निर्वाचित हुनुभएको थियो ।
    जेसीजको दर्शन अनुसार एउटा व्यक्ति अध्यक्ष पदमा केवल एकपटक मात्र बस्न पाउँछ । यसको मूल उद्देश्य सबैलाई नेतृत्व गर्ने अवसर दिनुरहेको छ । जेसीजको संस्थापक हेनरी गिसनवियरले भन्नुभएको छ, (From within the walls of soul of this organization, here in the foundations of character and citizenship are laid, I hope a massage will come forth in the sometime of tomorrow that will stir the people toward the establishment of permanent and everlasting world peace.  उहाँको उक्त भनाईलाई दृष्टिगत गरि JCI को विधानमा यसको उद्देश्यको सम्बन्धमा भनिएको छ । To contribute  to the advancement of the global community by providing the opportunity for young people to develop the leadership skill, social responsibility, entrepreneurship and fellowship necessary to create positive change  यसलाई निम्न वुदामा पनि वर्णन गर्न सकिन्छ ।
a) That all human beings can be
developed.
B) That the world inter dependent.
c) That all are equal
d) That every human being is a
citizen of the world.
e) That the world does not belong humans but that humans belong to the world

महान उद्देश्य लिएको यस संस्थाको सदस्यता लिन धर्म, जात, लि·, आदि कुनै बाधा अवरोध छैन । यसको सदस्यता प्राप्त गनै एकमात्र पूर्व शर्त राखिएको छ त्यो हो उमरेको हद । १८ देखि ४० वर्षसम्म उमेरको कुनैपनि व्यक्तिले यसको सदस्यता प्राप्त गर्न सक्दछ । यसको कुनैपनि शाखाको सदस्यता लिने व्यक्तिले JCI को सदस्यको मान्यता प्राप्त गर्दछ । आज वर्तमान परिप्रेक्ष्यमा यसको अत्याधिक महत्व छ । युवाहरुलाई उपलब्ध गराइ उनीहरुको अन्तरर्निहित प्रतिभाको प्रष्फुटन गराइ सकारात्मक परिवर्तन गरी सक्षम एवं योग्य नागरिक बनाउने अभियानको नाम जेसिज हो । (जेसीजसम्बन्धी विभिन्न पुस्तकहरुबाट संकलित) 

1 comment: