पटके लोडसेडिङबाट सुर्खेतबासी आजित

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ५ बैशाख ।
लामो समयदेखि लोडसेडिङबाट पीडित हुदैं आएका सुर्खेतवासी केही दिन यता पटके लोडसेडिङबाट थप पीडित हुदैं आएको छ । केन्द्रीय लोडसेडिङ कायमै रहेपनि दिनभर र साँझको समयमा हुने पटके लोडसेडिङले सुर्खेतका विद्युतीय उद्योगहरु प्रभावित हुदैं आएको छ । 

विद्युत प्राधिकरण सुर्खेतले केन्द्रीय लोडसेडिङका अतिरिक्त गर्दै आएको आन्तरिक लोडसेडिङ पनि हटाएको जनाएको छ । तर साँझमा भने आन्तरिक लोडसेडिङ भोग्न उपभोक्ताहरु बाध्य छन् । घुस्रास्थित सवस्टेशनमा भएको सानो क्षमताको ट्रान्सफर्मरको सट्टा ठूलो क्षमताको ट्रान्सफर्मर राखिएकोले चैत मध्य सातादेखि आन्तरिक लोडसेडिङ हटाएको प्राधिकरणका प्रशासन प्रमुख श्यामलाल पौडेलले बताए । केही मर्मत गर्नुपर्ने बाहेक अन्य समयमा आन्तरिक लोडसेडिङ नभएको दावी उनले गरे । 
मंगलवार दिनभर मात्रै एक दर्जन पटक पटके लोडसेडिङ भएको छ । तालिका अनुसारको लोडसेडिङ नभएपनि कोहलपुरबाट काटिएको भन्दै विद्युत प्राधिकरणले रेडिमेड जवाफ दिने गरेको छ । सुर्खेतबासीका लागि पटके लोडसेडिङ टाउको दुखाई बनेको छ । 

मा

1 comment:

  1. surkhet basi le andolan na garera hakim lai gayara kalo moso lagayapachi patake loadsedding kam huncha ani matra .............

    ReplyDelete