नवनिर्वाचित समितिलाई स्वागत

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
‘चुनौतीलाई अवसरको रुपमा लिन्छौं’
सुर्खेत, २८ बैशाख ।
    सुर्खेत उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेस सुर्खेतले स्वागत एवं सम्मान गरेको छ । विहीवार पार्टी कार्यालयमा एक समारोहको आयोजना गरी नेपाली कांग्रेसका नेताहरु दुर्गाकेशर खनाल, ह्दयराम थानी, तप्तबहादुर विष्टलगायतले नवनिर्वाचित अध्यक्ष पदमबहादुर शाही नेतृत्वको समितिलाई अविर तथा खादा लगाएर स्वागत गरेका थिए । स्वागत ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष पदमबहादुर शाहीले वर्तमान कार्यसमितिको अगाडि थुप्रै चुनौतीहरु भएपनि त्यसलाई अवसरको रुपमा लिएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘हाम्रो अगाडि थुप्रै चुनौती छन्, तर वर्तमान कार्यसमितिले त्यो चुनौतीलाई अवसर मानेर काम गर्नेछ, उनले भने ।
    आगामी दिनमा समितिले सवै दलहरुसंग सहमति र समन्वय गरेर अगाडि बढ्ने जानकारी दिदैं अध्यक्ष शाहीले घोषणापत्रमा उल्लेख गरिए अनुसार नमूना सुर्खेत बनाउने काममा संघले पहलकदमी थाल्ने जनाए । जिल्लाको विकास गराउन आर्थिक एजेण्डाहरु अघि सार्ने र रोजगारीको अवसर सिर्जना गराउनपनि संघले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पार्टीले गरेको सहयोगको सह्रानासमेत उनले गरे । र आगामी दिनमा पार्टीलाई संघले पनि सहयोग गर्ने आश्वासन उनले दिए ।
    राज्यव्यवस्था समितिका पूर्व सभापति ह्दयराम थानी, राष्ट्रियसभाका पूर्व सांसद दुर्गाकेशर खनाल र कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्टले विजयी कार्यसमितिमाथि उद्योगी व्यवसायीहरुले ठूलो आशा र भरोसा गरेको बताउँदै सोही अनुसारको काम गरी मन जित्न सुझाव दिए । उनले जिल्लाको समग्र विकासमा पनि ध्यान दिन आग्रह गरे ।

1 comment:

  1. Congratulations to newly executive committee. This team will revolutionize the development of all section in the district and also in the region as whole.

    ReplyDelete