‘तारे हाटल भनेर दावी गरेपनि सुर्खेतमा कुनै तारे होटल छैनन् ’

तर्क शाही ( प्रथम उपाध्यक्ष)
होटल अर्गनाइजेशन सुर्खेत
    तर्कबहादुर शाही, होटल अर्गनाइजेशन सुर्खेतका प्रथम अपाध्यक्ष हुन् । त्यसअघि अर्गनाइजशनको सल्लाहकार पदमा रहेर होटल व्यवसायहरुका लागि आफूलाई समर्पित गरेका शाहीले आफ्नै होटलबाट सुर्खेतमा पहिलो पटक बाल श्रम मुक्त घोषण गरेका छन् ।
    सुर्खेतमा ठूलो लगानीमा होटलहरु संचाल हुादैछन् भने होटल व्यवसायमा विकृतिहरुलाई हटाउन गरिएका प्रयास लगायतका सन्दर्भमा हाम्रा सहकर्मी सुनिता पन्तले प्रथम उपाध्यक्ष शाहीसंग गरेका केवल ५ प्रश्न ।
१. सुर्खेतमा होटल व्यवसायको अवस्था कस्तो छ ?
–सुर्खेतको अवस्था हेर्ने होभने ठिकै छ तर धेरै चेतावनी पनि छ । किनभने नेपालगन्जबाट सुर्खेत आउने बाटो राम्रो नभएकोले पयटकहरु सुर्खेत घुम्न आउँदैनन् । सुर्खेत प्रयाप्त मात्रामा विकसित नभएकोले पनि होटलहरु त्यति राम्रोसंग चलिरहेका छैनन् ।
२. सुर्खेतमा तारे होटलहरु खुल्ने क्रम बढिरहेको छ के सााच्चे सुर्खेतमा तारे होटलहरु खुल्ने वातावरण बनेको हो त ?
–सुर्खेतमा कसैले आफ्नो होटल तारे हाटल भनेर दावी गरेपनि सुर्खेतमा कुनै तारे होटल छैनन् कुनै होटलले तारे होटल सरहको सेवा तथा सुविधा दिएपनि तिनीहरुले सरकारी मान्यता पाएका छैनन् । तारे होटल संचालन गर्नको लागि सरकारी सुइकृति लिनुपर्छ जो सुर्खेतका कुनै होटल व्यवसायीले पाएका छैनन् ।
३. सुर्खेतका होटलहरु बालश्रम मुक्त बनाउने अभियान चलिरहेको छ यो कहिलेसम्म पुरा होला र के–के गरी रहनुभएको छ ?
–साँच्चिनै भन्नुपर्दा सुर्खेतका सबै  होटलहरु बालश्रम मुक्त बनाउने हाम्रा अर्गनाइजेशनको मुख्य योजना हो  । हामी सबै मिलेर चाँडै नै यो योजना सफल गराउने पनि छांै । ठूला होटलहरु त मुक्त भैसकेका छन् ।  साना होटलहरुले केही हदसम्म गाह्रो भएको छ तर हामी साना होटलहरुलाई सम्झाएर भएपनि सबै होटल मुक्त बनाउने अभियानमा छौं ।
४. होटल व्यवसायमा देखिएका विकृतिहरुलाई हटाउन के गर्नुपर्ला ?
–सुर्खेतका होटलहरुमा विकृतिहरु खासै छैन कहिले काहीं होटलहरुमा देह व्यापार भयो भनेर खबरहरु बाहिर आउने गर्छ कसरी भने कहिले काहीं हामीलाई नै झुक्काएर कोही बसेको रहेछ भने त्यति बेला पुलिस आएर सोधपुछ गर्‍यो भने भेटिएको हो अन्यथा कुनैपनि होटलमा त्यस्ता विकृतिहरु छैनन् ।
५. सुर्खेतमा होटल व्यवसायको लागि नयाा लगानी कर्ताहरु थुप्रै भेटिएका छन् र धेरै नयाँ होटल पनि पछिल्लो समय संचालनमा आएका छन् यसरी आकर्षण बढ्नुको के कारण हुनसक्छ ?
–हो पछिल्लो समय सुर्खेतमा थुप्रै नयाँ होटलहरु संचालनमा आएका छन् । वास्तवमै अहिले होटल खोल्ने लहरै आएको हो भन्नुपर्छ । सुर्खेत मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएकोले पनि होला ।
 

1 comment:

  1. ANi k ho ta shani village resort tyo ta suikriti liyerai hola ni natra nirak k.c jasto man6e le illegal ta na garnu parne ni?

    ReplyDelete