१५५ बाढीपीडित परिवारलाई अग्नि र महेन्द्राको सहयोग

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २९ भदौं ।
अग्नि इनकर्पोरेट र महेन्द्रा मोटरको आधिकारिक डिलर समृद्धि इन्टरप्राइजेजको सहयोगमा लाटिकोइलीका बाढीपीडितलाई राहत वितरण
गरिएको छ । उक्त दुई संस्थाद्वारा उपलब्ध गराइएको राहत सामग्री सामाजसेवी डम्बर जिसी, कमलराज रेग्मी र नारायणकुमार कोइरालाको सहभागितामा पीडितहरुलाई वितरण गरिएको थियो । लाटीकोइलीको तल्लो पर्सेनीमा आइतबार आयोजित कार्यक्रममा १५५ बाढीपीडित परिवारलाई जनही १५ किलो चामल, १ किलो दाल, नुन र तेल वितरण गरिएको छ ।
बाढीपीडितका लागि राहत
विरतण गर्दै समृद्धि इन्टरप्राइजेजका मेनेजिङ डाइरेक्टर दिपक श्रेष्ठले पीडितका लागि थप राहत प्याकेज उपलब्ध गराउने बताएका छन् ।
बाढीपीडितको स्वास्थ्य जा“च
यसैवीच लेखपराजुल स्वास्थ्य चौकीको समन्वयमा आइतवार पैंसठ्ठी, शनिमोर र हटारुखोलामा रहेका १५६ जना बाढीपीडितहरुको स्वास्थ्य जा“च गरिएको छ ।
स्वास्थ्य चौकीको इन्चार्ज चतुर्जुभ गौतम, दोभानचौर युवा क्लवका अध्यक्ष उदयबहादुर थापा लगायतको टोलीले पैसठ्ठीका २८ जना, शनिमोरका ७१ जना, हटारुखोलाका ४३ बाढीपीडितहरुको स्वास्थ्य जा“च
गरिएको हो । अध्यक्ष थापाका अनुसार पीडितहरुमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ ।
 

दैलेखमा दुधको अभाव

सुर्खेतपत्र संवाददाता 
 दैलेख, २८ भदौ ।
पछिल्लो समय दैलेखको बजार मात्र नभइ गाउ“मा समेत दुधको अभाव हुन थालेको छ । लालिका“डा गाविसमा पनि दुध समेत पाइन छोडेको छ । स्थानीयहरु पहिलेको तुलनामा दुध पाउन छोडेपछि चिन्ता व्यक्त गरेका छन् । लालिका“डाका ददे बुढाले पहिले १६÷१७ भैसी लिएर देउराजी जान्थ्यो आजभोली त गाउ“मा ६÷७ वटा भैसीमात्र भएको जानकारी दिए ।
वनजंगल मासियो, गाउ“ले  भैसी पाल्ने छाडेकाले गोरस (दुध) पाइन छोडेको भनाई छ । धेरै दुध दही पाइने भएकोले दैलेख जिल्लाको नाम दहिलेक भएको भनाई रहेको छ । दहिलेक अपभ्रंस हुदै दैलेख रहन गएको किवदन्तीमा उल्लेख गरिएको जिविस सामाजिक अधिकृत दिलबहादुर शाहीले बताए । जिल्लामा कृषकको भैंसी पालनलाई महत्व नदिएकाले इतिहास बोकेको दहिलेक इतिहास मेटिन नदिने जिल्ला विकास समितिको स्थानीय विकास कोषबाट चुप्रा बजारमा दुग्ध केन्द्र संचालन गरेको जानकारी
गराए । गरिवी निवारण कार्यक्रम जिल्ला विकास समिति जिल्ला पशुसेवा कार्यालयको सहयोगमा चिलिमे भ्याट खोलिएको हो ।  
बस्तीमा २७ घरधुरी भएपनि ६÷७ जना मात्र भैसी पाल्ने गरेको ललित विसीले बताए । शान्ति उमाविका शिक्षक खगेन्द्र थापा भने परिवार सदस्य कम भएकाले नै भैसी पाल्न छाडेको प्रतिक्रिया दिए । भैसी गाई गोरु पाल्ने छोडेपछि दुध मात्र
नभएर उत्पादनमा पनि कमी आएको उनले स्वीकारे ।                  

सुर्खेतमा पहिलो महिला जिशिअ

सुर्खेतपत्र संवाददाता 
  सुर्खेत, २८ भदौ ।
सुर्खेतकी दीपा हमाल पहिलो महिला जिल्ला शिक्षा अधिकारी भएकी
छन् । विगत ४ वर्षदेखि जिल्ला शिक्षा कार्यालय सुर्खेतमा सहायक जिशिअ भएर काम गरेकी उनी यही भदौ २६ गतेको निर्णय अनुसार सुर्खेतकै जिशिअ पदमा वढुवा भएकी हुन् ।
२६ गते जिल्ला शिक्षा अधिकारीमा वढुवा हुनेहरुको निर्णय हुनु पूर्व नेपालमै एक जनापनि महिला जिशिअ
थिएनन् । सुर्खेतकै स्थानीय हमाल पहिलो जिशिअ हुनुलाई गौरवको रुपमा लिइएको छ । सुर्खेतमा कार्यरत जिशिअ रामप्रसाद उपाध्यायको सरुवाको निर्णय अझै नभएकाले केही समय जिम्मेवारी उपाध्यायले नै लिने
छन् । यसअघि कालिकोटको जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी सम्हालेकी हमालले आफू सुर्खेतमा जिशिअ हुन पाउँदा गर्व र जिम्मेवारी बोध बढेको प्रतिक्रिया दिइन् ।  प्रक्रिया मिलाउनका लागि केही समय लाग्ने भएकाले एक हप्ता सम्ममा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी लिने उनले बताइन् ।
नेपालमै महिला जिशिअ नभएको अवस्थामा मोफसलवाट आफू जिशिअ भएको उनको भनाइ छ । सुर्खेतको शिक्षामा विकास गर्न र शैक्षिक उपलब्धी वढाउनका लागि विभिन्न नयाँ योजनाहरु वनाएर काम गर्ने हमालले जनाइन् । उनले विशेषगरी सामुदायिक विद्यालयहरुको स्तर बढाउने योजना गरेकी छन् ।                

सुर्खेतमा एचआईभीबाट ३४ को मृत्यु, ४५९ जना संक्रमित

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    सुर्खेतमा दश बर्षमा एचआईभी एड्सबाट साढे ४ सय जना संक्रमित भएका छन् । सन् २००४ देखि सुर्खेतमा एचआईभीको क्षेत्रमा काम गर्न लागिएको हो । सोही अवधिमा एचआइभीबाट ३४ जनाको मृत्यु भइसकेको छ ।
    जिल्ला एड्स समन्वय समिति (ड्याक) सुर्खेतका अनुसार सन् २००४ देखि २०१४ सम्म ४ सय ५९ जना संक्रमित भएको र ३४ जनाको मृत्यु भएको छ । संक्रमितहरु मध्ये २ सय ५१ जना पुरुष र २ सय ८ जना महिला रहेका छन् । त्यसमा पनि सुर्खेत जिल्लाका मात्रै ३ सय १७ जना र १ सय ४२ जना अन्यत्र जिल्लाका छन् ।
    यसैगरी सुर्खेतमा नयाँ एचआईभी संक्रमितहरुको संख्या प्रति बर्ष घट्दै गएको छ । ड्याकका संयोजक भानुभक्त बस्यालका अनुसार आव ०६८/०६९ मा ४८ जना नयाँ संक्रमित पत्ता लागेकोमा आव ०६९/७० मा घटेर ३९ जना र आव २०७०/७१ मा त्योपनि घटेर २८ जनामा झरेको छ । गाउँगाउँमा व्यापक जनचेतना, एचआईभीको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको समन्वयात्मक कामका कारणले एचआईभीविरुद्ध सचेतना जाग्दै गएको अनुभव उनले सुनाए ।
    कामको सिलसिलामा बसाई सर्ने परिवारहरु एचआईभीको बढी जोखिम मा रहेका छन् । त्यतिमात्र होइन ऊर्जा शील उमेर भएकाहरु नै संक्रमित बन्न पुगेका छन् । ड्याकको तथ्यांक अनुसार सुर्खेतमा २० देखि ५० बर्ष उमेरका ३८८ जना संक्रमित बन्न पुगेका छन् । संयोजक बस्यालले काम गर्नुपर्ने उमेर समूह नै संक्रमित हुनु घरपरिवार, समाज र मुलुकका लागि ठूलो क्षति भएको बताए ।
    सुर्खेतबाट धेरैजसो कामका सिलसिलामा भारततिर काम गर्न जाने र उतै असुरक्षित यौन व्यहारबाट संक्रमित हुने गरेको पाइएको उनको भनाइ छ । सुर्खेतमा संक्रमित भएका ४ सय ५९ जनामध्ये २ सय १३ जना त रोजगारीका लागि बाहिर काममा गएकाहरु नै हुन् ।
    एचआईभीबाट सुर्खेतमा ३४ जनाको मृत्यु भएको, ४५ जनाले स्थानान्तरण गरेको र २८ जना सम्पर्कमै नरहेको संयोजक बस्यालले बताए । धेरैजसो मानिसहरु कामका लागि भारत जाने गर्नाले संक्रमित हुने गरेको पाइएकोले आफ्नै गाउँघरमै रोजगारीको अवसर सिर्जना गर्न सके संक्रमित हुने दरमा पनि कमी आउने उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लोकबहादुर शाहीले एड्सका विरुद्ध सवैको हातेमालो अपरिहार्य भएको बताए ।
    यसैवीच आगामी आइतवार एचआईभी विरुद्धको अभियान संचालनको सम्झनामा सुर्खेतमा पनि दीप प्रज्ज्वल कार्यक्रम गरी मनाइने भएको छ । एचआइभी एड्ससंग काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वयमा सो कार्यक्रम मनाइने भएको हो ।

मोवाइलको दुरुपयोगले झण्डै विगार्‍यो घरवार

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    छिटो र छरितो रुपमा सूचना आदान प्रदानको साधन मानिएको मोबाइलको दुरुपयोगले झण्डै एक दम्पत्तिको घरवार नै विगारेको थियो । रामघाट वडा नं. ६ का रोहित चन्दको मोबाइलमा उनको श्रीमतीलाई गाली गर्दै अपच शब्दसहितको फोन आएपछि चन्दले आफ्नी श्रीमतीलाई घरवाटै निकाली दिएका थिए ।
    विगतको सम्बन्ध जोडी सुन्नै नसकिने अपच शव्दसहित लेखफर्सा–६ का रोशन पौडेलले रोहितको मोबाइलमा फोन गरी गाली गर्न सुरु गरेपछि चन्दले आफ्नी श्रीमतीमाथि शंका गरी घरनिकाला गरिदिएका
थिए । पछि  जिल्ला प्रहरी कार्यालयमा दुवैको नम्बर दिइ उजुरी गरेपछि प्रहरीले कलडिटेल मगाएर सबै तथ्य बाहिर निकालेको थियो ।
    जिल्ला प्रहरी कार्यालयले मोबाइल को गलत प्रयोगले गर्दा एक महिला पीडामा परेको र घरवारै विग्रिएपछि गम्भीर अनुसन्धान थाली दोषी पत्ता लगाएको बताए । कल डिटेलकै आधारमा धेरै व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरेपनि अन्तिममा रोशन पौडेललाई पक्राउ गर्न सफल भएको सुर्खेतका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जनाए ।
    उनले कल डिटेलकै आधारमा दोषी पक्राउ गरी सबै तथ्य निकालेपछि पौडेललाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालिएको बताए । मोबाइलको गलत प्रयोगले झण्डै घरवार विग्रिएको चन्दको दम्पतीलाई मिलाएर घर पठाएको पनि उनले बताए । पछिल्लो समय मोबाइल को गलत प्रयोगका धेरै उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा आउने गरेकोले  यदि आफ्नो मोबाइल हराएको भए तत्काल टेलिकमबाट वन्द गर्न गर्न आग्रह गरे ।
    यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न स्थानमा पेस्तोल र भरुवा वन्दुकसहित ३ जनालाई पक्राउ  गरेको छ । प्रहरीले वीरेन्द्रनगर–१ बांगेसिमलबाट दिपेन्द्र भन्ने दिपक बुढालाई इटालियन पेस्तोलसहित पक्राउ गरेको छ । साथबाट २ थान म्यागजिन र ५ राउन्ड गोली पनि गत वैशाख २५ गते पक्राउ गरिएको छ । उनको वारेमा थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जनाए ।
    त्यसैगरी रानीवास–३ वस्ने गुमानबहादुर खड्कालाई पनि भरुवा वन्दुकसहित वैशाख २६ गते पक्राउ गरेको छ । यति मात्र हैन गढी–६ का ललित घर्तीलाई जगंलमा हिंडिरहेको अवस्थामा यही वैशाख ३१ गते भरुवा वन्दुकसहित पक्राउ गरेको थिए । पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालिएको प्रहरी प्रवक्ता लक्ष्मण शाहीले जानकारी दिएका
छन् ।  

नगरपालिकामा गाभ्ने निर्णयको स्वागत

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    शान्ति टोल विकास समिति लाटिकोइली–८ मंगलगढीले लाटिकोइली र उत्तरगंगा गाविसलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्ने सरकारको निर्णयको स्वागत गरेको छ । समितिले शुक्रवार बसेको बैठकले स्वागत गर्ने निर्णय गरेको हो ।
    बैठकले यी क्षेत्रमा पर्ने खेतीयोग्य जमीनलाई कृषि आधार क्षेत्रको रुपमा विकास गर्न र पर्यटकीय स्थलहरुको स्तरोन्नति तथा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका थिए । समितिका सल्लाहकार टेकबहादुर खड्काले हालसम्म भए गरेका गतिविधिहरु समेटेर पुस्तक प्रकाशन गर्न लागिएको जानकारी दिए । सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्ष जगतबहादुर खड्काले यसै क्षेत्रमा संघको पहलमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न लागिएको बताए ।
    समितिका अध्यक्ष यामराज मल्लको सभापतित्वमा बसेको बैठकले सवै मिलेर सडक, नाली, शिक्षा, स्वास्थ्य र पर्यटकीय स्थलहरुको भौतिक पूर्वाधारहरुको विकास गर्दै जानुपर्ने धारणा राखेका थिएभने नगरपालिकामा गाभ्ने निर्णय गर्ने सरकारलाई धन्यवादसमेत दिएका थिए । सरकारले केही दिन अघि वीरेन्द्रनगर नगरपालिकामा लाटिकोइली र उत्तरगंगा गाविसलाई गाभेर २० वटा वडामा विस्तार गर्ने निर्णय गरेको थियो । 
 

सिंचाई असुविधाले बीऊ उत्पादनमा समस्या

सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ जेठ ।
    सिंचाइ अभावले गर्दा बीऊ उत्पादनमा समस्या हुने गरेको सार्वजनिक सुनुवाईका सहभागीहरुले बताएका छन् । साना किसान कृषि संस्था लि. उत्तरगंगा–९ सुर्खेतले व्यावसायिक कृषि तथा व्यापार आयोजनाको सहयोगमा आयोजना गरेको साना किसान वीऊ  उत्पादन तथा ट्रेडिङ सेन्टरको सार्वजनिक सुनुवाईमा आएका सहभागीहरुले सिंचाइको अभावले गर्दा वीऊ उत्पादनमा घाटा हुने गरेको बताए ।
    पर्याप्त सिंचाइ नभएर लगाएका गहुँ, धान, तोरीलगायतका र तरकारीका वीऊहरु मर्ने गरेको गुनासो कृषकहरुले गरे । वीऊ लगाएर फल राख्ने समयमा किरा, रोग लाग्ने जस्ता समस्या देखिने गरेको कृषक धनकला वुढाले जनाइन् । गर्मी समयमा पानीको समस्या हुने र जसले गर्दा वीऊ फस्टाउन नपाउने उनको भनाइ
छ । वीऊ उत्पादन राम्रो नभएपछि वीऊ उत्पादनमा घाटा देखिएको अनुभव उनको छ ।
    सार्वजनिक सुनवाइमा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका चित्रप्रसाद रेग्मीले सिंचाईं अभावले लक्षित क्षेत्रफलमा गहँु उत्पादन गर्न नसकिएको, रोग र किराले उत्पादनमा कमी आएको, वाहिरका गाविसहरुमा उत्पादन गरिएका वीऊ खरिदमा यातायातको समस्या, वीऊ उत्पादनमा वजेट नभएकोलगायतका समस्याहरु देखिएको जानकारी उनले दिए ।
    प्रतिवेदनमा वीऊ उत्पादन वढाउनका लागि प्राविधिकहरुलाई नयाँ प्रविधिवारे दक्ष वनाउनुपर्ने, वीऊ उत्पादनमा कृषकहरुलाई अनुदानमा उन्नत वीऊको व्यवस्था हुनुपर्ने, भण्डारण सामग्री पर्याप्त हुनुपर्ने लगायतका सुझावहरु उल्लेख गरिएको छ ।
    कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका यमबहादुर रानाले कृषिमा सहज बनाउनु नै आफ्नो कार्यालयको लक्ष्य भएकाले कृषकहरुलाई भरपुर सहयोग गर्ने बताए । वीऊ उत्पादन वढाउनका लागि सिंचाइ आवश्यक भएकाले यसका लागि सबैले पहल गर्नुपर्ने सुझाव उनले दिए ।
    संस्थाका उपाध्यक्ष वृन्दा थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा नेपाली कांग्रेसका चुँडामणि थानी, नेकपा एमालेका महेश तिवारी, पीआरटीएसटीका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत वेदप्रसाद चौलागाईं, आरटीएसजीका वित्त विज्ञ भरत ढकाल, उपआयोजना व्यवस्थापक पुष्पा देवकोटालगायतको सहभागिता रहेको थियो ।